+
+
Shares

तोलामा साढे ४ हजार रुपैयाँ घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते ११:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ७७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
  • चाँदीको मूल्यमा पनि प्रतितोला २५ रुपैयाँको गिरावट आएर आज ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

१६ असार, काठमाडौं । मंगलबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा ४ हजार ५ सय रुपैयाँ तथा चाँदी २५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

एक साताको अवधिमा सुनको भाउ ९ हजार २ सय रुपैयाँ घटेको छ । गत मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदी आज तोलामा २५ रुपैयाँ घटेसँगै ४ हजार २८५ रुपैयाँमा कायम भएको छ । गत मंगलबार चाँदीको भाउ प्रतितोला ४ हजार ५९० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?