+
+
Shares

सुनको भाउ १ हजार ९ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते ११:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ तोलामा १ हजार ९ सय रुपैयाँ बढाएर प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ तोकेको छ ।
  • चाँदीको मूल्य पनि तोलामा १४० रुपैयाँ बढेर प्रतितोला ५ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

११ जेठ, काठमाडौं । सुनको भाउ सोमबार तोलामा १ हजार ९ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । गत सोमबार सुनको भाउ २ लाख ९४ हजार ८ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा १४० रुपैयाँ बढेको छ । महासंघले आजका लागि चाँदीको भाउ प्रतितोला ५ हजार १५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गत सोमबार चाँदीको भाउ ५ हजार ४० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?