News Summary
Generated by OK AI. Editorially reviewed.- सोमबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
- चाँदीको भाउ तोलामा १०० रुपैयाँले घटेर आज ४ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
२९ असार, काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँ थियो । गत सोमबार सुनको भाउ तोलामा २ लाख ८९ हजार ४ सय रुपैयाँ थियो ।
चाँदीको भाउ आज तोलामा १०० रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३७५ रुपैयाँमा झरेको छ । यसअघि गत सोमबार चाँदी ४ हजार ५८५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4