+
+
Shares

सुनचाँदीको भाउ सामान्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते ११:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर दुई लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
  • चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले वृद्धि भई आज चार हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सुनचाँदीको भाउमा सामान्य वृद्धि देखिएको हो ।

३१ असार, काठमाडौं । बुधबार सुनचाँदीको भाउ सामान्य बढेको छ । सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार रुपैयाँ थियो ।

गत बुधबार सुनको भाउ तोलामा २ लाख ८७ हजार १ सय रुपैयाँ थियो ।

चाँदीको भाउ आज तोलामा ५५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा ४ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४१५ रुपैयाँ पुगेको छ । यसअघि गत बुधबार चाँदी ४ हजार ५०० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?