Comments Add Comment

अन्तराष्ट्रिय समाचार

List Grid
अमेरिका, तालिबानसँगको युद्ध र अफगानिस्तानको नियति

५ वैशाख, काठमाडौं । गत बुधबार अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट आफ्ना सबै सैनिक फिर्ता गर्ने घोषणा गरे । राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट गरेको सम्बोधनमा उनले भनेका थिए, ‘अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने बेला आएको छ ।’ ‘हामी एक कहालीलाग्दो आक्रमणका कारण २० वर्षअघि अफगानिस्तान गएका थियौं । त्यसले हामी सन् २०२१ मा पनि […]

दिल्लीमा सयभन्दा कम मात्रै आईसीयू बेड खाली, अक्सिजनको अभाव

५ वैशाख, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अब दिल्लीमा एकसयभन्दा कम आईसीयू बेड मात्रै खाली रहेको बताएका छन् । उनका अनुसार दिल्लीमा अहिले अक्सिजनको पनि अभाव देखिएको छ । पछिल्लो समय कोरोना संक्रमण तीव्र गतिमा बढिरहेकाले समस्या देखिएको उनले बताए । ‘पछिल्लो २४ घण्टामा कोरोना संक्रमण दर ३० प्रतिशत पुगेको छ । अघिल्लो […]

ब्राजिलमा कोरोनाबाट किन धेरै बालबालिकाको मृत्यु भइरहेको छ ?

२ वैशाख, काठमाडौं । ब्राजिलका एक चिकित्सकले जेसिका रिकार्टेका छोराको परीक्षण गर्न अस्वीकार गरे । ती बालकमा कोरोनासँग मिल्दोजुल्दो किसिमको कुनै लक्षण नदेखिएको ती डाक्टरको दाबी थियो । त्यसको दुई महिनापछि कोरोनाकै कारण ती बालकको मृत्यु भयो । पेशाले शिक्षिकासमेत रहेकी जेसिका भन्छिन्, ‘उसको नाम प्रकाशसँग जोडिएको थियो । ऊ हाम्रो जिन्दगीमा एक प्रकाशजस्तै थियो […]

१८ रुसी कूटनीतिज्ञलाई देशनिकाला गर्ने चेक गणतन्त्रको निर्णय

५ वैशाख, काठमाडौं । चेक गणतन्त्रले १८ रुसी कूटनीतिक अधिकारीलाई देशनिकाला गर्ने निर्णय गरेको छ । सन् २०१४ मा भएको गोलाबारुद भण्डारण गरेर राखिएको डिपोमा भएको विष्फोटमा संलग्न भएको आशंकामा उनीहरुलाई देशनिकाला गर्ने निर्णय गरिएको चेक गणतन्त्रको सरकारले बताएको छ । उनीहरुले रुसी गुप्तचर एजेन्टको रुपमा काम गरेको चेक गणतन्त्रको आरोप छ । चेक गणतन्त्रको […]

जलवायु परिवर्तन नियन्त्रणका लागि अमेरिका र चीन सहमत

५ वैशाख, काठमाडौं । अमेरिका र चीन जलवायु परिवर्तन नियन्त्रणका लागि अन्य मुलुकसँग सहकार्य गरेर अघि बढ्न तयार भएका छन् । अमेरिकी जलवायु दूत जोन केरी र चिनियाँ समकक्षी सिई जेन्हुआबीच भएको वार्तामा यस्तो सहमति जुटेको हो । वार्तापछि जारी गरिएको विज्ञप्तिमा जलवायु परिवर्तनको समस्या समाधानका लागि तत्काल आवश्यक कदम चाल्नु जरुरी रहेको उल्लेख छ […]

भारतमा कोरोना संक्रमणबाट एकैदिन १५ सयभन्दा बढीको मृत्यु

५ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण पछिल्लो २४ घण्टामा १ हजार ५०१ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उक्त अवधिमा थप २ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ४७ लाखभन्दा बढी पुगेको छ भने मृत्यु […]

क्युबाका नेता राउल क्यास्ट्रोद्वारा पद त्यागको घोषणा, नेतृत्व युवा पुस्तालाई

४ वैशाख, काठमाडौं । क्युबा कम्युनिस्ट पार्टीका नेता राउल क्यास्ट्रोले पार्टी महासचिव पदबाट राजीनामा दिने घोषणा गरेका छन् । यससँगै क्युबामा क्यास्ट्रो परिवारको ६० वर्ष लामो शासन सकिएको छ । शुक्रबारबाट सुरु पार्टीको चारदिने सम्मेलनपछि पद त्याग्ने राहुल क्यास्ट्रोले बताएका छन् । सम्मेलनलाई सम्बोधनको क्रममा ८९ वर्षीय राहुल क्यास्ट्रोले आफूले युवालाई नेतृत्व सुम्पिन लागेको बताएका […]

सीमा खोल्ने योजना बनाउँदै अष्ट्रेलिया

३ वैशाख, काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री इस्कट मोरिसनले कोरोना भाइरस (कोभिड–१९) को खोप लिइसकेका मानिसका लागि सीमा खोल्ने योजनामा छलफल भइरहेको बताएका छन् । मोरिसनले बिहीबार सबैभन्दा पहिला खोप लगाइसकेका आफ्ना नागरिकलाई विदेश भ्रमणमा जाने अनुमति दिनेबारे छलफल भइरहेको बताएका हुन् । कोरोना नियन्त्रणको लागि लगाइएको प्रतिबन्धको कारण अष्ट्रेलियाका नागरिक र पीआर भएका मानिसले कुनै […]

उत्तर प्रदेशमा आइतबारदेखि लकडाउन, मास्क नलगाउनेलाई १० हजार जरिवाना !

३ वैशाख, काठमाडौँ । युपीमा कोरोना संक्रमण बढ्न थालेपछि उत्तर प्रदेश सरकारले आइतबारदेखि लकडाउन गर्ने घोषणा गरेको छ । राज्‍य सरकारले अत्यावश्‍यक सेवा बाहेकका सवारी आवागमनमा रोक लगाउने, बजार पसल बन्द गराउने भारतीय सञ्‍चारमाध्‍यमले जनाएका छन् । यस्तै उत्तर प्रदेश पूर्ण रुपमा बन्द गर्नुका साथै मास्क नलगाइ हिड्‍नेलाई पहिलो पटक १ हजार रुपैयाँ जरिवाना गर्ने […]

आफ्ना नागरिकलाई पाकिस्तान छाड्न फ्रान्सको आग्रह

३ वैशाख, काठमाडौं । पाकिस्तानस्थित फ्रान्सेली दूतावासले पाकिस्तानमा रहेका फ्रान्सका नागरिक तथा कम्पनीलाई अस्थायी रुपमा मुलुक छाड्न आग्रह गरेको छ ।  फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले ईश्वरको निन्दा गरेको भन्दै पाकिस्तानमा दक्षिणपन्थी पार्टीले गरेको आन्दोलन हिंसात्मक बनेसँगै दूतावासले यस्तो आग्रह गरेको हो । फ्रान्सेली दूतावासका एक अधिकारीले दूतावास खुला रहे पनि केही कर्मचारी फ्रान्स फर्किने जानकारी […]

कोरोना खोप अनुदान दिन धनी मुलुकहरुलाई आग्रह

३ वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघ, विश्व बैंक र जाभी भ्याक्सिन एलायन्सले धनी मुलुकलाई बढी भएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कम तथा मध्यम आय भएका मुलुकलाई दिन शुरु गरिएको अभियानलाई अनुदान दिन आग्रह गरेको छ । बिहीबार जाभी कम्पनीले कोभ्याक्स कार्यक्रमको सहयोगको लागि गरेको भर्चुअल कार्यक्रममा अधिकारीहरुले सन् २०२१ को लागि थप दुई अर्ब […]

भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

३ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा लगातार दोस्रो दिन दुई लाखभन्दा धेरैमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख १७ हजार ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै सो अवधिमा एक हजार १८५ कोरोना संक्रमितको मृत्यु भएको छ । […]

अमेरिकाले रुसी संस्था र अधिकारीमाथि लगायो प्रतिबन्ध

३ वैशाख, काठमाडौं । अमेरिकाले रुसमाथि प्रतिबन्ध घोषणा गरेको छ । साइबर आक्रमण र शत्रुतापूर्ण व्यवहार गरेको आरोप लगाउँदै अमेरिकाले रुसी संस्था र अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । गत वर्षको चर्चित ‘सोलारविन्ड्स’ नामक ह्याकिंगमा रुसी जासुसीको हात रहेको आरोप अमेरिकाले लगाएको छ । यस्तै सन् २०२० को राष्ट्रपति निर्वाचनमा पनि रुसले हस्तक्षेप गरेको […]

दिल्लीमा हप्तामा दुई दिन कर्फ्युको घोषणा

२ वैशाख, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हरेक हप्ता शनिबार र आइतबार कफ्र्यु लगाउने घोषणा गरेका छन् । बिहीबार केजरीवाललले कोरोना भाइरस (कोभिड–१९)को चौथो लहर गम्भीर देखिएको भन्दै कडा निर्णय लिनुपरेको उल्लेख गरेका छन् । दिल्लीमा कोरोनाको संक्रमण पनि बढ्दो क्रममा रहेको उनको भनाइ छ । यद्यपि दिल्लीका अस्पतालमा भने बेडको […]

रुसमाथि थप प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

२ वैशाख, काठमाडौं । अमेरिकाले साइबर आक्रमणको प्रयास तथा निर्वाचनमा हस्तक्षेपको विषयलाई लिएर रुसमाथि थप प्रतिबन्धको तयारी गरेको छ । बिहीबार अमेरिकाले रुसी कम्पनी तथा अधिकारीमाथि प्रतिबन्ध घोषणा हुने सम्भावना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ प्रतिबन्ध अनुसार करिब ३० रुसी कम्पनी अमेरिकाको कालोसूचीमा पर्नेछन् भने १० रुसी अधिकारीलाई अमेरिकाबाट देशनिकाला गरिने अनुमान छ […]

भारतमा एकैदिन दुई लाखभन्दा बढीमा कोरोना संक्रमण  

२ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का दुई लाख ७३९ जना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा भारतमा एक हजार ३८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ४० लाख नाघेको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि […]

अमेरिकामा अश्वेत युवकलाई गोली हान्ने प्रहरी अधिकारी पक्राउ

२ वैशाख, काठमाडौं । अमेरिकामा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा एक अश्वेत युवकलाई गोली हान्ने प्रहरी अधिकृत पक्राउ परेकी छन् । मिनिसोटामा भएको यो घटनामा संलग्न प्रहरी अधिकारी किम पोटरलाई पक्राउ गरिएको हो । उनीमाथि गैरन्यायिक हत्या -सेकेन्ड डिग्री म्यानस्लटर) को मुद्दा चलाउने तयारी भइरहेको छ । सो मुद्दा अनुसार उनी दोषी ठहर भएमा बढीमा […]

जयपुरको सरकारी अस्पतालबाट कोरोना भ्‍याक्सिनको ३२० डोज चोरी

१ वैशाख, काठमाडौँ । राजस्थानस्थित जयपुरको सरकारी अस्पतालबाट कोरोना भ्‍याक्सिनको ३२० डोज चोरी भएको छ । शहरको शास्त्रीमा रहेका कावटिया अस्पतालबाट ३२ डोज शिशि चोरी भएको भारतीय सञ्‍चार माध्‍यमले जनाएका छन् । भ्‍याक्सिन चोरी भएपछि अस्पतालले शास्त्रीनगर थानामा उजुरी दर्ता गराएका छन् । उक्त भ्याक्सिन १२ अप्रिलमा चोरी भएको थियो। रिपोर्टमा भनिएको छ, ‘ सीएमएचओ […]

नाइजरको विद्यालयमा आगलागी, २० बालबालिकाको मृत्यु

१ वैशाख, काठमाडौं । नाइजरको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा २० बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश नर्सरीमा पढ्ने विद्यार्थी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  मंगलबार नाइजरको नियामीमा रहेको एक विद्यालयमा आगो लागेको हो । उक्त विद्यालय परालबाट बनाइएको झुपडीमा सञ्चालन हुँदै आएको थियो । स्थानीय समयअनुसार दिउँसो चार बजे उक्त आगलागी […]

उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई कोरोना संक्रमण

१ वैशाख, काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी कोरोना संक्रमित भएका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत मुख्यमन्त्री योगीले आफू संक्रमित भएको जानकारी दिएका हुन् । योगीले आफू आइसोलेसनमा बसेको र चिकित्सकको परामर्श पूर्णरुपमा पालना गरिरहेको बताएका छन् । आफू संक्रमित भए पनि प्रदेश सरकारको गतिविधि जारी रहने मुख्यमन्त्री योगीले बताएका छन् । […]

६० प्रतिशत शुद्ध युरेनियम सम्वर्धन गर्दै इरान

१ वैशाख, काठमाडौं । इरानले चाँडै ६० प्रतिशत शुद्ध युरेनियम सम्वर्धन गर्न शुरु गर्ने बताएको छ । इरानका सहायक विदेशमन्त्री अब्बास अराघ्चीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)लाई यस्तो जानकारी दिएका हुन् । इरानले अहिलेसम्मकै सबैभन्दा शुद्ध युरेनियम सम्वर्धन गर्न लागेको हो । इरानको नान्टाज परमाणु केन्द्रमा साइबर आक्रमणबाट क्षति पुगेको समाचार आएसँगै इरानले यस्तो निर्णय […]