+
+
Shares

इरानमा बसले इन्धन ट्यांकरलाई ठक्कर दिँदा विस्फोट, ११ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १९:०९

२१ भदौ, काठमाडौं । इरानको सनन्दज–हमदान हाइवेमा एउटा इन्धन ट्यांकरमा आगलागी भएको छ । उक्त दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।

समाचार एजेन्सी आईआरएनएका अनुसार यो घटना शनिबार साँझ करिब ५:३० बजे सनन्दज सहरको प्रवेशद्वार नजिकै भएको हो । २० हजार लिटर ग्यासोलीन बोकेको इन्धन ट्यांकरले पछाडिबाट एउटा मिनी बसलाई ठक्कर दिएको थियो ।  ठक्करलगत्तै भएको विस्फोटमा दुवै सवारी साधनका चालकको मृत्यु भएको छ ।

घटनापछि कुर्दिस्तानका गभर्नरले सम्पूर्ण प्रान्तमा दुई दिनको सार्वजनिक शोकको घोषणा गरेका छन् । कुर्दिस्तानका मुख्य न्यायाधीश मोहम्मद जब्बारीका अनुसार घटनाको कारणबारे अनुसन्धान गर्न मुद्दा दर्ता गरिएको छ ।

उनले प्रारम्भिक अनुसन्धानले इन्धन ट्यांकरको ब्रेकमा प्राविधिक खराबी भएको देखाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?