२१ भदौ, काठमाडौं । रसुवाको माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा दुई वटा शव फेला परेको छ ।
सो आयोजनाका प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीले आइतबार सुरुङबाट दुई वटा शव फेला परेको जानकारी दिए ।
उनीहरूको पहिचान भने भइनसकेको अधिकारीले अनलाइनखबरलाई बताए ।
उनका अनुसार, सुरुङको भित्री भागबाट शव फेला परेको हो । यही सुरुङबाट हिजोमात्रै चिनियाँ नागरिकको जीवितै उद्धार भएको थियो ।
चिनियाँ नागरिकलाई सुरुङको २२५ मिटरभित्रबाट उद्धार गरिएको थियो ।
अहिले पनि उक्त सुरुङमा खोजी कार्य जारी छ । भदौ १० मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको आज १२ औं दिन हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4