२१ भदौ, काठमाडौं । रुसी सरकारी समाचार एजेन्सी टासले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता हुने सम्भावनाबारे समाचार छापेको छ ।
चीनमा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) सम्मेलनमा दुई नेताबीच भेटवार्ता हुने सम्भावना रहेको उक्त समाचारमा उल्लेख छ ।
क्रेमलिनका सल्लाहकार युरी उसाकोभले पत्रकार पाभेल जाारुबिनलाई अन्तर्वार्तामा सो कुरा बताएको भनिएको छ ।
‘प्रत्येक नेताले एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन सम्मेलनमा भाग लिने योजना बनाएका छन् । स्वाभाविक रूपमा हामी हाम्रा नेताका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङलगायतसँग छुट्टै बैठकको व्यवस्था गर्न खोज्नेछौँ । अनि, यदि अवसर मिलेमा हाम्रा नेताले अमेरिकी राष्ट्रपतिसँग पनि भेट्नुहुनेछ,’ अन्तर्वार्तामा उसाकोभले भनेका छन् ।
उसाकोभले पुटिन र ट्रम्पबीच भेटवार्ता भएमा उनीहरूबीचको कुराकानीको विषय बैठक कति समयसम्म चल्छ भन्ने कुरामा निर्भर रहने बताएका छन् ।
प्रतिक्रिया 4