२७ भदौ, काठमाडौं । इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्।
इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको छ।
इराकी विदेश मन्त्रालयले जारी गरेको आधिकारिक नोटमा भनिएको छ, ‘दुवै पक्षले इराक र सऊदी अरबबीच लगातार सम्पर्क र समन्वय जारी राख्ने महत्वमा जोड दिएका छन्।’
इराकी भूभागबाट आक्रमण भए पनि सऊदी अरबले इराकप्रति पूर्ण समर्थन व्यक्त गरेको छ। सऊदी अरबले इराकमाथि कुनै पनि जवाबी कारबाही नगर्ने स्पष्ट पारेको छ। इराक सरकारले आक्रमणको निष्पक्ष छानबिन गर्ने आश्वासन दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4