+
+
Shares

यूएई पुगेका इरानी माझीहरू स्वदेश फर्किए

गत अगस्टमा इरानको दक्षिणी समुद्र तटबाट हराएका दश जना इरानी माझीहरू संयुक्त अरब इमिरेट्समा भेटिएका छन्। आजदेखि उनीहरू स्वदेश फर्किन थालेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १९:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत अगस्टमा इरानको दक्षिणी समुद्र तटबाट हराएका १० इरानी माझीहरू संयुक्त अरब इमिरेट्समा भेटिएर आज स्वदेश फर्किन थालेका छन्।
  • इरानी सञ्चारमाध्यमका अनुसार युद्धका कारण युएईमा फसेका आफ्ना नागरिकलाई छिट्टै परिवारसँग भेट्ने प्रबन्ध सरकारले मिलाएको छ।
  • इर्नाले १० जना इरानीहरू दुबईबाट बन्दर अब्बासतर्फ विमानमा फर्किरहेको जनाएको छ।

२६ भदौ, तेहरान (रासस/एएफपी)। गत अगस्टमा इरानको दक्षिणी समुद्र तटबाट हराएका दश जना इरानी माझीहरू संयुक्त अरब इमिरेट्समा भेटिएका छन्। आजदेखि उनीहरू स्वदेश फर्किन थालेका छन्।

इरानी सञ्चारमाध्यमहरूले युद्धका समय युएईमा फसेका आफ्ना नागरिक छिट्टै परिवारसँग भेट्ने प्रवन्ध सरकारले मिलाएको जनाएका छन्।

मध्यपूर्वमा युद्ध चर्किरहेका बेला यी माझीहरू बेपत्ता भएका थिए। हर्मुज जलमार्ग अहिले तेहरान र वासिङ्टनबीचको ठूलो विवादको केन्द्र बनेको छ। इरानको तटमा माछा मार्ने माझीहरू यो युद्धबाट धेरै पीडित छन्।

फेब्रुअरी २८ देखि सुरु भएको यो युद्धमा अमेरिकी–इजरायली आक्रमणका कारण हर्मुजमा बारुदी सुरुङ र जहाजहरूमाथि बमबारी हुँदा समुद्रमा ठूलो जोखिम बढेको छ। इरानी समाचार संस्था (इर्ना)का अनुसार समाचार तयार पार्ने समयभन्दा केही मिनेटअघि ‘यी दश जना इरानीहरू दुबईबाट स्वदेशतर्फ लागेका’ थिए।

उनीहरू विमानबाट बन्दर अब्बास फर्किँदै छन्। यसअघि जुलाईमा पनि ५५ जना इरानी माझीहरू यूएईबाट घर फर्केका थिए। इरानी सञ्चारमाध्यमहरूमा माझीहरू समुद्रमा हराएको समाचार बारम्बार आउने गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?