+
+
Shares

इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि साढे एक लाख बढी यात्रु विमानस्थलमा अलपत्र

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते ९:००

२२ भदौ, काठमाडौं । इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलमा करिब एक लाख ७० हजार यात्रु अलपत्र परेका छन् । ज्वालामुखीको खरानीका कारण ती विमानस्थलबाट हुने उडानहरू अस्थायी रूपमा रोकिएको छ ।

आइतबार बिहान राजधानी जकार्तास्थित सोएकार्नो-हट्टा अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा पहिले बन्द गरिएको थियो । विमानस्थल आसपासको हवाई क्षेत्रमा अनाक क्राकाटोआ ज्वालामुखीको खरानी भेटिएपछि यस्तो निर्णय गरिएको हो।

इन्डोनेसियाको यातायात मन्त्रालयका अनुसार १ हजार ५५८ उडान ढिलाइ भएका छन्। विमानस्थलहरू स्थानीय समयअनुसार सोमबार बिहान ९ बजेसम्म बन्द रहने बताइएको छ ।

अधिकारीहरूका अनुसार ज्वालामुखी विस्फोट शुक्रबार राति ढिलोबाट सुरु भएको थियो। त्यसपछि आसपासका क्षेत्रमा लगातार भूकम्पीय गतिविधि हुन थालेको थियो भने लाभाका फोहरा र शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका थिए ।

आइतबार बिहान सबेरै थप दुईवटा विस्फोट भएका थिए। यातायात मन्त्रालयले उडान सञ्चालन अवरुद्ध हुँदा मुख्यतः सिंगापुर आउने–जाने उडानहरू प्रभावित भएको जनाएको छ।

यसका साथै दोहा, सिड्नी र क्वालालम्पुरसहित अन्य अन्तर्राष्ट्रिय गन्तव्यका उडानहरू पनि प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?