News Summary
Generated by OK AI. Editorially reviewed.- इन्डोनेसियाको उत्तरी सुमात्रामा खाना खाएपछि बिरामी परेका २६९ जना विद्यार्थीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
- पाँच विद्यालयका विद्यार्थीमा खाना विषाक्तताको लक्षण देखिएपछि उनीहरूलाई अस्पताल लगिएको अधिकारीहरूले बताएका छन्।
- शिक्षा अधिकारी जुल्करनैन बारुसले विद्यार्थीले खाएको माछाको तरकारीमा समस्या भएको आशङ्का गर्दै नमूना परीक्षणका लागि पठाइएको उल्लेख गर्नुभयो।
२९ साउन, जकार्ता (रासस/सिन्ह्वा)। इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा खाना खाएपछि बिरामी परेका कम्तीमा २६९ विद्यार्थीलाई अस्पताल भर्ना गरिएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार कारो रिजेन्सीका पाँच विद्यालयका विद्यार्थीमा बिहीबारदेखि खाना विषाक्तताका लक्षण देखिएपछि उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको हो।
बिरामी विद्यार्थीमा वाकवाकी लाग्ने, बान्ता हुने, छालामा एलर्जी देखिने तथा केहीलाई सास फेर्नसमेत गाह्रो हुने समस्या देखिएको छ। उनीहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको अधिकारीहरूले बताएका छन्।
स्थानीय शिक्षा अधिकारी जुल्करनैन बारुसले विद्यार्थीले खाएको माछाको तरकारीमा समस्या भएको आशङ्का गरिएको बताए। उक्त खाना आपूर्ति गर्ने भान्साबाट नमूना सङ्कलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइएको उनले जानकारी दिए।
बारुसले अस्पताल भर्ना भएका सबै विद्यार्थीको अवस्था अहिले स्थिर रहेको पुष्टि गरे। घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया 4