+
+
Shares

मक्कामा ड्रोन आक्रमणको प्रयासप्रति अरब लिगका महासचिवको निन्दा

इस्लामका पवित्र स्थलमध्ये एक तथा साउदी अरबको मक्का सहरनजिक भएको ड्रोन आक्रमणको प्रयासप्रति अरब लिगका महासचिव नबिल फहमीले प्रतिक्रिया जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते २१:१६

इस्लामका पवित्र स्थलमध्ये एक तथा साउदी अरबको मक्का सहरनजिक भएको ड्रोन आक्रमणको प्रयासप्रति अरब लिगका महासचिव नबिल फहमीले प्रतिक्रिया जनाएका छन् ।

अरब लिगका महासचिव नबिल फहमीले मक्का सहरलाई लक्षित गरी यमनका हुथी विद्रोहीले गरेको भनिएको ड्रोन आक्रमणको निन्दा गरेका हुन् ।

महासचिव फहमीले एक विज्ञप्तिमार्फत मक्काको सुरक्षा र इस्लामका पवित्र स्थलको पवित्रता ‘अत्यन्त गम्भीर विषय’ भएको बताएका छन् । उनले आक्रमणको प्रयास विफल पारेको भन्दै साउदी हवाई सेनाको प्रशंसा पनि गरेका छन् ।

उनले साउदी अरबको भूभागमा हुथी विद्रोहीका आक्रमण बढ्दै जानु क्षेत्रीय सुरक्षा र स्थायित्वका लागि खतरा भएको चेतावनीसमेत दिएका छन् ।

पछिल्ला केही सातामा अरब लिगले साउदी अरबमाथि भएका हुथी आक्रमणको पटक–पटक निन्दा गर्दै यसबाट क्षेत्रीय सुरक्षामा पर्न सक्ने असरबारे चेतावनी दिँदै आएको छ ।

उता, हुथी विद्रोहीका प्रवक्ताले भने ड्रोन आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?