३१ भदौ, मनाङ । हिमाली जिल्ला मनाङको लाइफलाइन रहेको चामे–बेँसीसहर सडकमा पहिरो खस्दा सवारी आवागमन पूर्णरूपमा ठप्प भएको छ ।
नासो गाउँपालिका–३ खोत्रोमा आज ढुङ्गासहित खसेको पहिरो हटाउन नसक्दा सवारी आवतजावत ठप्प भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बुधबार दिनभर पहिरो हटाउने प्रयास गर्दा पनि नसकिएको जानकारी दिए ।
‘माथिबाट चट्टान बीच सडकमा खसेकाले हटाउन सम्भव भएन, नेपाली सेनालगायतका सुरक्षाकर्मीको सहयोगमा विष्फोटक पदार्थ प्रयोग गरेर सडक खुलाउने प्रयासमा छौं,’ उनले भने ।
डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका इन्जिनियर नवीन विष्टले ड्रिलिङ गरेर सडक खुलाउने काम भइरहेको बताए । अन्य ठाउँमा गएको पहिरो भने हटाइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4