+
+
Shares

चिलिमे हाइड्रोको टनेलबाट ४ शव र एक मानव अंग फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते २१:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिलिमे जलविद्युत् आयोजनाको टनेलबाट मंगलबार थप चार शव र एक मानव अंग फेला परेको नेपाली सेनाले जनाएको छ।
  • भदौ १० गतेको बाढीपछि टनेलमा फसेका र सम्पर्कविहीनको खोजीका क्रममा शव तथा अंग नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ।
  • चिलिमे आयोजनाले अझै एक जना बेपत्ता रहेको बताउँदै नेपाली सेना, भारतीय सेना, सशस्त्र प्रहरीलगायतको खोजी जारी रहेको जनाएको छ।

३१ भदौ, काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको टनेलबाट थप चार जनाको शव र एक मानव अंग फेला परेको छ ।

नेपाली सेनाका अनुसार, टनेलको ‘ब्रेक थ्रु’ गरी अन्तिम किनारासम्म खोजी गर्ने क्रममा मंगलबार चार वटा शव र एक मानव अंग फेला परेको हो ।

फेला परेका शव तथा मानव अंगलाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ । यसअघि भदौ १५ गते पनि टनेलबाट एक शव र एक मानव अंग फेला परेको थियो ।

२२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजनामा गत भदौ १० गते आएको बाढीका बेला ६ जना कार्यरत रहेको अनुमान गरिएको थियो ।

बाढीका बेला आयोजनाको साइट कार्यालयमा ७१ जना कार्यरत रहेकामा अधिकांश सुरक्षित स्थानतर्फ जान सफल भएका थिए ।

बाढीपछि आयोजनाको टनेलमा फसेका तथा सम्पर्कविहीन भएकाहरूको खोजीका लागि नेपाली सेनासहितका सुरक्षा निकायले उद्धार तथा खोजी अभियान सञ्चालन गर्दै आएका छन् ।

६ जना फसेकोमा अझै १ जना बाँकी रहेको खोजी कार्य जारी रहेको चिलिमे आयोजनाले जनाएको छ ।

नेपाली सेना, भारतीय सेना, सशस्त्र प्रहरी, चिलिमे जलविद्युत् आयोजना, नेपाल विद्युत प्राधिकरण लगायतका सरोकारवाला निकायबाट खोजी कार्य जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?