+
+
Shares

चिलिमेमा उद्धारको काम जारी, ठूला मेसिन लैजानेगरी बाटो बन्दैछ- भारतीय राजदूत

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २० गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको चिलिमे जलविद्युत् आयोजनामा भोटेकोशीको बाढीपछि मान्छे फसेको आशंकामा खोजी कार्य जारी राखिएको छ ।
  • नेपाली र भारतीय उद्धार टोलीले भग्नावशेष, पानी र माटो हटाएर सुरुङको छत नजिकै पुगिरहेका छन् ।
  • भारतीय राजदूत नविन श्रीवास्तवका अनुसार स्याफ्रुबेसीबाट सुरुङको पोर्टलसम्म पहुँच मार्ग बनाउने काम पनि भइरहेको छ ।

२० भदौ, काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनामा भोटेकोशीमा आएको बाढीपछि मान्छे फसेको शंकासहित खोजी कार्य जारी राखिएको छ ।

नेपाली र भारतीय उद्धार टोलीले निरन्तर भग्नावशेष हटाउने काम गरिरहेका हुन् ।

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले पानी र माटो हटाउने कार्य भइरहेको र चिलिमेस्थित सुरुङको छत नजिकै पुगेको जानकारी गराएका छन् ।

उनका अनुसार, यसरी बाटो खनेर खाली गराउँदा भारी मेसिनरीहरू सुरुङको धेरै भित्रसम्म लैजान सकिने छ ।

साथै नजिकैको स्याफ्रुबेसीबाट सुरुङको ढोका (पोर्टल) सम्म पुग्ने पहुँच मार्ग बनाउने काम पनि भइरहेको उनले बताएका छन् ।

‘अप्ठ्यारो भूभाग र साँघुरो उपत्यका भएकाले ठूला हेलिकप्टरको प्रयोग सम्भव छैन,’ उनले लेखेका छन्, ‘पहुँच मार्ग बनेपछि घटनास्थलमा एक्साभेटर ल्याउन सकिनेछ र यसले उद्धार कार्यमा सहयोग पुर्‍याउनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?