+
+
Shares

कङ्गोमा इबोला नियन्त्रण योजना सुरू

स्वास्थ्य सुविधाहरूबाट वञ्चित रहेका समुदायहरूमा मृत्युको अनुपात उच्च रहेको विषयमा चिन्तित रहेको स्वास्थ्य अधिकारीहरूले जनाइएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २० गते १४:५८

२० भदौ, किन्शासा(कङ्गो) (रासस/सिन्ह्वा)। लोकतान्त्रिक गणतन्त्र कङ्गो र यसका साझेदारहरूले इबोला प्रकोपको विरूद्धका प्रयासहरू तीव्र पार्न १८०–दिनको बहुक्षेत्रीय इबोला प्रभाव नियन्त्रण तथा प्रतिक्रिया योजना सुरू गरेको जनाइएको छ। जसको लागि एक अर्व ३० करोड अमेरिकी डलर आर्थिक कोषको आवाश्यकता पर्ने अनुमान डब्ल्यूएचओले गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र अन्य साझेदारहरूको सहयोगमा, सञ्चालित योजनाले आगामी छ महिना सम्म इबोला नियन्त्रण प्रतिक्रियाका परिचालन मार्ग दर्शनको रुपमा काम गर्ने उद्देश्य राखेको जनाइएको छ ।

अफ्रिकाका लागि डब्ल्यूएचओको क्षेत्रीय कार्यालय अनुसार, बुन्डिबुग्यो भाइरसबाट फैलिएको इबोलाबाट सेप्टेम्बर २ सम्ममा छ हजार ३४२ जना सङ्क्रमित भएका छन् भने सङ्क्रमित मध्ये तीन हजार ७२ जनाको मृत्यु भएको छ। यो प्रकोप कङ्गोका छ वटा प्रान्तका ६० वटा स्वास्थ्य क्षेत्रमा फैलिएको जनाइएको छ ।

स्वास्थ्य सुविधाहरूबाट वञ्चित रहेका समुदायहरूमा मृत्युको अनुपात उच्च रहेको विषयमा चिन्तित रहेको स्वास्थ्य अधिकारीहरूले जनाइएका छन् ।

डीआरसीमा डब्ल्यूएचओका कार्यवाहक प्रतिनिधि एनी एन्सियाले सङ्क्रमण पत्ता लाग्न ढिलो भएकाले सुरुवाती चरणमै आवाश्यक स्रोतहरू परिचालन गर्न नसकिएकाले ज्यान गुमाउनेहरुको सङ्ख्या धेरै भएको उल्लेख गर्दै सम्बन्धित निकायसँग द्रुत र समन्वित कारबाहीको आह्वान गरेका छन्।

कङ्गोका स्वास्थ्य मन्त्री रोजर कम्बाले प्रकोपलाई नियन्त्रण गर्न समुदाय, सरकारी निकाय, साझेदार र दाताहरूका साथै स्वास्थ्य क्षेत्रभन्दा बाहिरका प्रयासहरू पनि आवश्यक रहेको बताएका छन्। प्रत्येक कङ्गोवासीको सुरक्षा र संरक्षणको लागि सरकार पूर्ण रूपमा परिचालन भएकोसमेत कम्बाले जनाएका छन्।

कङ्गोमा संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक डेमियन मामाले इबोला नियन्त्रण प्रतिक्रियालाई व्यापक मानवीय प्रयासमा एकीकृत गर्न पर्याप्त, उद्धार र पूर्वानुमान योग्य कोषलगायत समर्थन गर्न आवश्यक रहेको बताएका छन्।

अफ्रिका सिडिसिले पनि इबोला नियन्त्रणमा प्रयासमा स्रोत परिचालन, साझेदारहरूसँग आवाश्यक समन्वय र समुदायहरूको उच्चतम संलग्नतासहित राष्ट्रिय प्रतिक्रिया प्रयासहरूको लागि निरन्तर समर्थन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

कङ्गोमा गत मे महिनामा आधिकारिक रूपमा घोषण गरिएको इबोला प्रकोप, अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा ठूलो र छिटो फैलिएको इबोला प्रकोपको रुपमा परिचित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?