+
+
Shares

भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नयाँ दिल्लीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १७:४२

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नयाँ दिल्लीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। उनीहरूबीच ब्रिक्स शिखर सम्मेलन २०२६ को अवसरमा यो भेटवार्ता भएको हो।

भेटका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई तमिल भाषाको प्रसिद्ध प्राचीन ग्रन्थ ‘तिरुकुरल’ को रुसी अनुवाद उपहार दिएका छन्। यो ग्रन्थ तमिलका प्रसिद्ध लेखक तिरुवल्लुवरले लेखेका हुन्।

यसअघि रुसी राष्ट्रपति पुटिन भारत मण्डपम पुगेका थिए। त्यहीँ उनको प्रधानमन्त्री मोदीसँग भेट भएको हो।

भारतमा भइरहेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन इरानका राष्ट्रपति मसूद पेजेस्कियान र चिनियाँ राष्ट्रपति शी जिनपिङ पनि नयाँ दिल्ली आएका छन्।

शुक्रबार साँझ प्रधानमन्त्री मोदी र इरानका राष्ट्रपति मसूद पेजेस्कियानबीच पनि द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?