+
+
Shares

इरानसँगको युद्ध अन्त्यतिर पुगेको ट्रम्पको दाबी, तेहरानसँग प्रत्यक्ष वार्ता भएको खुलासा

ट्रम्पले तेहरान सम्झौताका लागि इच्छुक रहेको आफ्नो दाबी दोहोर्‍याए। तर त्यसको केही घण्टाअघि मात्रै इरानी अधिकारीहरूले आफ्ना सबै सर्त पूरा नभएसम्म शान्ति वार्ता पुनः सुरु नहुने बताएका थिए।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध सम्भवतः अन्त्यतिर पुगेको र प्रत्यक्ष कुराकानी भइरहेको दाबी गरेका छन्।
  • इरानी अधिकारीहरूले आफ्ना सबै सर्त पूरा नभएसम्म शान्ति वार्ता पुनः सुरु नहुने बताएका छन्।
  • अमेरिकी प्रशासनले इजरायललाई ६० हजारवटा ९०७ किलो तौलका अति विनाशकारी बम बेच्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

१ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग इरानको चलिरहेको युद्ध सम्भवतः अन्त्यतिर पुगेकु बताएका छन्। पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँग अमेरिकाको प्रत्यक्ष रूपमै कुराकानी भइरहेको दाबीसमेत गरेका छन्।

ट्रम्पले तेहरान सम्झौताका लागि इच्छुक रहेको आफ्नो दाबी दोहोर्‍याए। तर त्यसको केही घण्टाअघि मात्रै इरानी अधिकारीहरूले आफ्ना सबै सर्त पूरा नभएसम्म शान्ति वार्ता पुनः सुरु नहुने बताएका थिए।

इरानी सशस्त्र बलका प्रमुख प्रवक्ता ब्रिगेडियर जनरल अबोलफजल शेकार्चीले इरानी सञ्चारमाध्यमसँग भने, ‘जनताले २०० रातको प्रतिरोधमार्फत शत्रुको रणनीति विफल बनाएका छन्। सशस्त्र बलले रगतको अन्तिम थोपासम्म इरानको रक्षा गर्नेछ।’

ट्रम्पको यो अभिव्यक्ति आउनुअघि इजरायललाई ६० हजार घातक बम दिने अमेरिकी तयारीको समाचार बाहिरिएको थियो ।

ट्रम्पको प्रशासनले इजरायललाई ९०७ किलो (२,००० पाउन्ड) तौल भएका ६० हजारवटा अति विनाशकारी बम बेच्ने तयारी गरेको छ। बहु-अर्ब डलरको यो प्याकेज अमेरिकी करदाताहरूको रकमबाटै बेहोरिनेछ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्प प्रशासनले यसको स्वीकृति दिइसकेको छ र कङ्ग्रेसलाई अनौपचारिक रूपमा जानकारी गराएको छ।

यो इजरायललाई दिइने हालसम्मकै सबैभन्दा ठूलो अमेरिकी हतियार प्याकेजमध्ये एक हो। यो कदम यस्तो बेला चालिएको छ, जतिबेला अमेरिका आफैँ इरानसँगको युद्ध र युक्रेन-रुस युद्धका कारण हतियार अभावको सामना गरिरहेको छ।

उता, अमेरिकी सिनेटर क्रिस भ्यान होलेनले भने इजरायलका लागि २.८ अर्ब डलरको हतियार प्याकेज रोक्ने प्रतिबद्धता जनाउँदै चलिरहेको हिंसाका बीच अमेरिकी फन्डिङको औचित्यमाथि प्रश्न उठाएका छन्।(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?