News Summary
Generated by OK AI. Editorially reviewed.- एड सिरनले फिलाडेल्फियामा भएको कार्यक्रममा म्याकलमोर विवादपछि मञ्चमा एक्लै आएर समर्थकहरूसँग माफी मागे र केही गल्ती भएको स्वीकारे।
- उनले इजरायल–प्यालेस्टाइनबारे धारणा राख्दै अक्टोबर ७, २०२३ का आक्रमणलाई भयानक भने र गाजामा भइरहेको घटनालाई विनाशकारी र अनुचित बताए।
- विवादपछि सिरनको ‘लुप टुर’ का अमेरिका कार्यक्रमको टिकट बिक्री घटेको र केही टिकटको मूल्य ३२ डलरसम्म झरेको छ।
४ असोज, काठमाडौं । गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्।
प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्।
सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल राजनीतिक मुद्दाको बहसको बीचमा ल्याएर उभ्याएको छ।’
फिलाडेल्फियाको एक खेलकुद रंगशालामा शनिबार आयोजित कार्यक्रममा सिरनले पहिलोपटक यस विषयमा प्रत्यक्ष रूपमा आफ्ना कुरा राखेका हुन्।
यो विवादका कारण अन्य धेरै संगीतकारहरूले सांगीतिक यात्रा छाडेका थिए। यसैले सिरनले कुनै पनि सहयोगी कलाकारहरू बिना नै मञ्चमा एकल प्रस्तुति दिएका छन्।
यस विवादका कारण सिरनको ‘लुप टुर’ अन्तर्गत अमेरिकामा हुन बाँकी कार्यक्रमहरूको टिकट बिक्रीमा कमी आएको छ र टिकटको मूल्य पनि घटेको छ।
म्याकलमोरलाई कार्यक्रमबाट हटाउने निर्णय आयोजकहरूले गरेको र आफ्नो त्यसमा कुनै हात नरहेको सिरनले बताएका छन्।
कार्यक्रमको सुरुवातमा सिरनले भने, ‘मेरो कन्सर्ट सधैँ सबैका लागि एक सुरक्षित स्थान रहँदै आएको छ।’
उनले आफू प्रशंसकहरूप्रति प्रतिबद्ध रहेको र त्यसैले मञ्चमा फर्किएको बताएका छन्।
उनले थपे, ‘अहिले म इजरायल र प्यालेस्टाइनको स्थितिमा मेरो धारणा के छ र आज रातिको यो कन्सर्टले मेरो अडानलाई संकेत गर्छ कि गर्दैन भन्ने प्रश्नलाई सम्बोधन गर्न चाहन्छु।’
सिरनले थप भने, ‘मैले आफ्नो करियरमा कुनै पनि प्रकारको राजनीतिक विश्लेषक नबन्ने प्रयास गरेको छु। म मेरो संगीत र कार्यक्रम विभाजनको साटो एकता र राजनीतिभन्दा माथि उठेर मानवतामा आधारित होस् भन्ने चाहन्छु। यो एक मानवीय मुद्दा हो र यसप्रति मेरो भावना कस्तो छ भनेर म अब लुकाउन सक्दिनँ।’
अक्टोबर ७, २०२३ मा इजरायलमा भएका आक्रमणहरूलाई ‘भयानक र शताब्दीयौंदेखिको यहुदी पीडालाई अझ बढाउने खालको’ सिरनले बताएका छन्।
उनले भने, ‘गाजामा भइरहेको घटना विनाशकारी र अनुचित छ। विनाश र नागरिकहरूको मृत्यु, विशेष गरी बालबालिकाको ज्यान गएको देखेर माले दुःख लागेको छ । वेस्ट बैंकमा भइरहेको यो श्रृङ्खलाबद्ध अन्यायलाई बेवास्ता गर्न सकिँदैन।’
सिरनले भने, ‘म यो कठिन समयका पीडितहरूलाई कसरी सहयोग गर्न सकिन्छ भनेर बुझ्ने, सुन्ने र सिक्ने प्रयास गर्दैछु, किनभने मलाई यसबारे पर्याप्त ज्ञान छैन।’
सिरनका बाँकी सांगीतिक कार्यक्रमहरू उत्तर र दक्षिण अमेरिकाभरि आयोजना हुने तय भएको छ। सिरनको अघिल्लो सांगीतिक भ्रमण इतिहासकै सबैभन्दा बढी कमाइ गर्नेमध्येको एक भए पनि यो कार्यक्रमका केही टिकटको मूल्य घटेर ३२ डलरसम्म पुगेको छ।
प्रशंसकहरूले टिकटको रकम फिर्ता पाएको बताएका छन्। टिकटमास्टर र कन्सर्ट आयोजक मेसिना टुरिङ ग्रुपले भने रकम फिर्ता गरिएको पुष्टि गरेका छैनन्।कन्सर्ट सुरु हुनुभन्दा करिब एक घण्टाअघि सयौँ दर्शकहरू कार्यक्रमस्थल प्रवेश गर्न थालेका थिए।
प्रतिक्रिया 4