News Summary
Generated by OK AI. Editorially reviewed.- जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्दचोकस्थित घरमा गएराति आगलागी हुँदा ७० वर्षीय अवकाशप्राप्त शिक्षक किशोरी सहनीको जलेर मृत्यु भएको छ।
- स्थानीयका अनुसार राति अचानक आगलागी हुँदा भाग्न नसकेका सहनीको मृत्यु भएको हो, भने उनकी नातिनी भागेर ज्यान जोगाएकी छन्।
- प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गर्दै घटनास्थलमा अनुसन्धान गरिरहेको छ।
४ असोज, जनकपुरधाम । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्दचोक स्थित घरमा जलेर ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो ।
राति अचानक घरमा आगलागी हुँदा भाग्न नसकेका उनको जलेर मृत्यु भएको स्थानीयले बताएका छन् ।
महोत्तरीको लोहारपट्टी नगरपालिका-२ निवासी सहनी अवकास प्राप्त शिक्षक हुन् । उनकी नातिनीले भने भागेर ज्यान जोगाएकी छन् ।
विद्युत् सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आशंका छ।
घटनास्थलमा अहिले अनुसन्धानको काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4