News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित इन्द्रबहादुर कठाइतको घरको भान्सामा बुधबार राति आगलागी हुँदा करिब २५ लाख रुपैयाँ क्षति भएको छ।
- आगलागीबाट घर र भान्साकोठा पूर्ण रूपमा जलेर नष्ट भएका छन्, जबकि लत्ताकपडा, नगद ७० हजार रुपैयाँ, चार तोला सुन र मोटरसाइकल पनि जलेका छन्।
- हेटौंडा उपमहानगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा बिहीबार बिहान साढे १ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
१८ भदौ, काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा आगलागी भएको छ ।
बुधबार राति करिब ११ बजे स्थानीय इन्द्रबहादुर कठाइतको इँटा र काठले बनेको, जस्ताको छानो भएको दुईकोठे कच्ची घरसँगै रहेको भान्साकोठामा अचानक आगलागी भएको हो।
आगलागीबाट करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
हेटौंडा उपमहानगरपालिकाको दमकल तथा स्थानीयवासीको सहयोगमा बिहीबार बिहान करिब साढे १ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट घर तथा भान्साकोठा पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
पीडितका अनुसार लत्ताकपडा, भाँडावर्तन, काठपात, नगद ७० हजार रुपैयाँ, चार तोला सुन, एउटा मोटरसाइकल, फोटोग्राफीमा प्रयोग हुने एउटा क्यामेरा र एउटा कम्प्युटरको पूर्ण सेटलगायतका सामग्री जलेर नष्ट भएका छन्।
पीडितको भनाइअनुसार आगलागीबाट करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। आगलागीमा कुनै मानवीय तथा चौपाया क्षति भने भएको छैन।
प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।
आगलागीपछि पीडित परिवार छिमेकीको घरमा बसेको बताइएको छ।
प्रतिक्रिया 4