News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको ताँजाकोट गाउँपालिका कार्यालयमा राति १ बजे आगलागी भएको प्रहरीले जनाएको छ।
- डीएसपी शंकर खडकाका अनुसार स्थानीय र प्रहरीको सहयोगमा आगो ३ बजेर ४५ मिनेटमा पूर्ण नियन्त्रणमा आएको हो।
- आगलागीबाट ४ थान काठको र्याक, १ थान सुत्ने खाट, १ थान टेबल र १ थान सोलार ब्याट्री जलेर नष्ट भएका छन्।
८ भदौ, हुम्ला । हुम्लाकाे ताँजाकाेट गाउँपालिकाकाे कार्यालय आगलागी भएकाे छ।
राति १ बजेकाे समयमा ताजाँकाेट गाउँपालिका कार्यालय आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
स्थानीय र प्रहरीकाे सहयाेगमा आगाे नियन्त्रणमा लिएकाे डीएसपी शंकर खडकाले बताए ।
गाउँपालिकाकाे भवनकाे लेखा शाखाकाे स्टाेरमा बिजुलीकाे तार सर्ट भई आगलागी भएकाे हुन सक्ने डीएसपी खडकाले बताए।
स्थानीय र प्रहरीकाे सहयाेगमा ३ बजे ४५ मिनेटमा आगाे पूर्ण नियन्त्रणमा आएकाे खडकाकाे भनाइ छ।
आगलागीबाट ४ थान काठको र्याक, १ थान सुत्ने खाट, १ थान टेबल, १ थान सोलार ब्याट्री जलेर नष्ट भएको छ ।
घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4