+
+
Shares

गोठाटारस्थित एक काठ गोदाममा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १६ गते २२:२२

१६ साउन, काठमाडौं । काठमाडौंको गोठाटारस्थित एक काठ गोदाममा आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार, करिब साढे ९ बजेबाट उक्त काठ गोदाममा आगलागी भएको छ ।

अहिले दमकलसहित प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने कार्य भइरहेको उनले बताए । आगो करिब नियन्त्रणको अवस्थामा रहेको पनि उनले बताए ।

‘आगो करिब करिब नियन्त्रणको चरणमा छ,’ उनले भने । आगलागीको कारणबारे खुलिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?