+
+
Shares

पर्सा, काठमाडौं र दाङमा आगलागी, लाखौंको क्षति

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते ७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्साको वीरगञ्जमा विद्युत् सर्ट भई दुर्गा रेडिमेड सप्लायर्समा आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
  • काठमाडौंको बालाजुस्थित एक कपडा सिलाई सेन्टरमा राति आगलागी हुँदा ३ लाख ५० हजार रुपैयाँको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।
  • दाङको राप्ती गाउँपालिकामा विद्युत् सर्ट भएर रमेश कुमार गुप्ताको घरमा आगलागी हुँदा फ्रिजलगायत घरायसी सामग्री जलेर नष्ट भएका छन्।

१० साउन, काठमाडौं । पर्सा, काठमाडौं र दाङमा भएका आगलागीका घटनामा लाखौं क्षति भएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका ६ स्थित एक कपडा पसलमा आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

बाराको परवानीपुर गाउँपालिका ४ घर भएका राजकुमार साहले सञ्चालन गर्दै आएको दुर्गा रेडिमेड सप्लायर्समा गएराति साढे नौ बजे बिजुलीको तार सट भई आगलागी भएको थियो ।

आगोले पसल भित्र रहेका लत्ता कपडा जलेको प्रहरीले जनाएको छ । आगो दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।

काठमाडौंमा कपडा सिलाई सेन्टरमा आगलागी

काठमाडौंको काठमाडौं महानगरपालिका–१६ स्थित राधाकृष्ण मन्दिर नजिक एक कपडा सिलाई सेन्टरमा गएराति आगलागी हुँदा ३ लाख ५० हजार रुपैपाँ बराबरको क्षति भएको छ ।

जागृत खनालको घरको भुइँतलामा सञ्चालित कपडा सिलाई सेन्टरमा गएराति सवा १२ बजे आगलागी भएको थियो ।

आगलागीको कारण खुलेको छैन । यद्यपि बिजुलीको तार सट भएर आगलागी भएको अनुमान छ ।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी वृत्त बालाजुले जनाएको छ ।

दाङमा पनि आगलागी

यसैगरी दाङको राप्ती गाउँपालिका–१, पुरानो भालुवाङ बजारस्थित रमेश कुमार गुप्ताको घरमा विद्युत् सर्ट भएर आगलागी भएको छ ।

गएराति करिब ९ बजेतिर घरको मिटरबक्समा तार सर्ट भई आगलागी हुँदा घरभित्र रहेका लत्ताकपडा, फ्रिज तथा अन्य घरायसी सामग्रीहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?