९ साउन, काठमाडौं । ग्लोबल ग्ल्यामर भेन्चरले ‘मिस युनिभर्स नेपाल २०२६’ का लागि आधिकारिक रूपमा आवेदन खुला गरेको छ ।
आयोजक संस्थाले काठमाडौंको सोल्टी होटलमा आयोजना गर्दै यस वर्षको प्रतियोगिताको अडिसन प्रक्रिया औपचारिक रूपमा सुरु भएको जनाएको हो ।
यस वर्षको प्रतियोगिता ‘तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ’ भन्ने नारासहित आयोजना हुँदैछ । आयोजकका अनुसार नेपाललाई विश्वमञ्चमा प्रतिनिधित्व गर्नसक्ने प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी तथा नेतृत्वदायी महिलाको खोजी गर्नु प्रतियोगिताको मुख्य उद्देश्य हो ।
मिस युनिभर्स नेपालकी नेसनल डिरेक्टर सङ्गीता पुरीले यस वर्षका लागि आफ्नो टिमले कार्यक्रमका लागि अझ भव्य तयारी गरेको बताइन् । अडिसन भने अगस्ट १ मा हुने उनले जानकारी दिइन् । फिनाले आगामी ६ सेप्टेम्बरमा सोल्टी होटलमै हुनेछ ।
प्रतियोगितामा अविवाहित र विवाहित दुवै महिलाले सहभागिता जनाउन सक्ने बताइएको छ । यस्तै, नेपालबाहिर रहेका गैरआवासीय नेपालीले पनि प्रतियोगितामा सहभागिता जनाउनसक्ने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार आवेदन प्रक्रिया आधिकारिक रूपमा खुलिसकेको छ ।
प्रतिक्रिया 4