News Summary
Generated by OK AI. Editorially reviewed.- ग्लोबल ग्ल्यामर भेन्चरले ‘मिस युनिभर्स नेपाल २०२६’ का लागि आवेदन खुला गरेको छ ।
- राष्ट्रिय निर्देशक संगीता पुरीका अनुसार प्रतियोगिताको फिनाले ६ सेप्टेम्बरमा सोल्टी होटलमा हुनेछ ।
- सिइओ सबी पुरीले विवाहित, अविवाहित र गैरआवासीय नेपाली युवतीले प्रतियोगितामा भाग लिन पाउने जानकारी दिइन् ।
काठमाडौं । ‘मिस युनिभस नेपाल २०२६’ को आवेदन खुला भएको छ । आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चरले पत्रकार सम्मेलनमार्फत इच्छुकलाई आवेदन दिन भनेको हो ।
प्रतियोगिताको औपचारिक अडिसन सुरु भएको जनाइएको छ । यस वर्षको प्रतियोगिताको नारा ‘तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ’ राखिएको छ ।
आयोजकका अनुसार नेपाललाई विश्वमञ्चमा प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी तथा नेतृत्वदायी युवतीको खोजी गर्नु प्रतियोगिताको मुख्य उद्देश्य हो ।
मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक संगीता पुरीले यस वर्षका लागि आफ्नो टिमले कार्यक्रमका लागी अझ भब्य तयारी गरेको बताइन् । पुरीका अनुसार फिनाले ६ सेप्टेम्बरमा सोल्टी होटलमै हुनेछ ।
साथै आयोजक संस्थाकी सिइओ सबी पुरीले प्रतियोगितामा विवाहित र अविवाहित दुबैथरी महिलाले सहभागिता जनाउन सक्नेछन् । गैरआवासीय नेपाली युवतीले पनि भाग लिन पाउनेछन् ।
विजेतालाई गतवर्षकी विजेता सान्या अधिकारीले ताज लगाइदिनेछिन् । कोरियोग्राफी प्रशान्त ताम्राकारले गर्नेछन् । यस वर्षको प्रतियोगिताको मुख्य प्रायोजक विद्युतीय सवारीसाधन ब्रान्ड दिपल छ ।
इच्छुक तथा योग्य युवतीले मिस युनिभर्स नेपालको आधिकारिक प्लेटफर्म वा मोबाइल एपमार्फत आवेदन दर्ता गर्न सक्ने जनाइएको छ ।
प्रतिक्रिया 4