+
+
Shares

नीर शाहले ‘प्रिन्स’ निर्देशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते ११:५९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वरिष्ठ फिल्म निर्देशक नीर शाहले आफ्नो आगामी फिल्म ‘प्रिन्स’ को निर्देशन तथा निर्माण कार्य शुरू गर्नुभएको छ ।
  • रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा बन्ने उक्त फिल्मको पहिलो गीतमा नीर शाहको शब्द र शम्भुजीत बासकोटाको संगीत रहेको छ ।
  • फिल्मको पटकथा नीर शाह र शिवम अधिकारीले संयुक्त रूपमा लेखेका हुन् भने सौरभ लामाले छायांकन गर्ने निश्चित भएको छ ।

काठमाडौं । वरिष्ठ फिल्म निर्देशक, निर्माता तथा अभिनेता नीर शाहले आगामी फिल्म ‘प्रिन्स’ निर्देशन गर्ने भएका छन् । पहिलो गीतको रेकर्डिङसँगै उनले निर्माण थालेका हुन् ।

रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको पहिलो गीतमा शाहकै शब्द, शम्भुजीत बासकोटाको संगीत, शिव परियारको स्वर छ ।

पटकथालाई शाह र शिवम अधिकारीले संयुक्तरुपमा लेखेका हुन् । छायांकन सौरभ लामाले गर्नेछन् । पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसरको रूपमा आबद्ध छन् ।

छायांकन तयारी अन्तिम चरणमा पुगेको छ । कलाकार तथा अन्य प्राविधिक टोलीको नाम भने उपयुक्त समयमा सार्वजनिक गरिने जनाइएको छ । शाहको पछिल्लो फिल्म ‘कमला मिस’ प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?