+
+
Shares

नीर शाहले ल्याए ‘कमला मिस’ को पहिलो झलक

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १३:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नीर शाह निर्देशित चलचित्र ‘कमला मिस’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ ।
  • साहित्यकार विजय मल्लको नाटकमा आधारित यस चलचित्रमा आमाछोराको भावनात्मक सम्बन्ध र सामाजिक यथार्थको कथा प्रस्तुत गरिएको छ ।
  • दशकपछि निर्देशनमा फर्किएका शाहको यस चलचित्रमा विभिन्न कलाकारहरूको अभिनय रहेको छ ।

काठमाडौं । नीर शाह निर्देशित फिल्म ‘कमला मिस’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा एक महिलाले सानो बालकलाई ममतापूर्वक अँगालोमा च्यापेर बसेको दृश्य प्रस्तुत गरिएको छ ।

पोस्टरले आमाछोराको सम्बन्ध, माया, त्याग र भावनात्मक संघर्षमा आधारित कथावस्तुको संकेत गर्छ । मनोवैज्ञानिक कथावस्तुमा आधारित ‘कमला मिस’को पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ चलचित्रप्रति उत्सुकता थपिएको छ ।

साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित फिल्ममा शाहसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडाको अभिनय छ ।

दशकपछि निर्देशनमा फर्किएका शाहले यो फिल्मबाट सामाजिक यथार्थ र पारिवारिक भावनाको कथा पेश गरेको जनाइएको छ । यसअघि ‘वासुदेव’, ‘पच्चीस बसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’जस्ता कालजयी र कतिपय कृतिमा आधारित फिल्म निर्देशन गरेका शाहको यो पछिल्लो निर्देशकीय प्रोजेक्ट हो ।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको फिल्मको कार्यकारी निर्मातामा चैतन्यप्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई छन् । पुस्कर लामा लाइन प्रोड्यूसर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?