+
+
Shares

नीर शाहले टुंग्याए ‘कमला मिस’ को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १२:३३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह निर्देशित फिल्म 'कमला मिस' को छायांकन २३ दिनमा काठमाडौंमा सकिएको छ।
  • फिल्ममा नीर शाहसहित रमेश बुढाथोकी, बास्ना तिमिल्सिना, शिवम सराफ क्षेत्री लगायत कलाकारको अभिनय छ।
  • फिल्म विजय मल्ल स्मृति प्रतिष्ठानको लागि उमा मल्लले निर्माण गरेकी हुन् र यसको पटकथा विजय मल्लको मौलिक हो।

काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह निर्देशित फिल्म ‘कमला मिस’ को छायांकन टुंगिएको छ । १ फागुनदेखि शाहले संघीय राजधानीका विभिन्न थलोमा छायांकन गरेका थिए ।

लाइन-प्रड्युसर पुष्कर लामा ‘प्रेम भोम्जन’का अनुसार सबै छायांकन मंगलबार सकिएको हो । २३ दिनमा छायांकन सकिएको जानकारी उनले दिए ।

बीचमा चुनावका कारण तीन दिन छायांकन स्थगित भए पनि निर्धारित तालिकाभित्रै काम सम्पन्न गरिएको उनले बताए ।

मनोवैज्ञानिक कथावस्तुमा आधारित फिल्ममा शाहले अभिनय समेत गरेका छन् । उनीबाहेक रमेश बुढाथोकी ,बास्ना तिमिल्सिना, , शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडाको पनि यसमा अभिनय छ ।

यो फिल्मलाई विजय मल्ल स्मृति प्रतिष्ठानको लागि उमा मल्लले निर्माण गरेकी हुन् । कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् । यो फिल्मको मौलिक पटकथा विजय मल्लको हो । एडप्टेड पटकथा तथा संवाद निर्देशक शाह र प्रजल दुलालले संयुक्त रूपमा लेखेका हुन् ।

शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको नृत्य यसमा छ । निर्माण व्यवस्थापन भोला सुबेदीको रहेको भने सागर बोहरा चलचित्रका मुख्य सहायक निर्देशक हुन् ।

दशकपछि शाह निर्देशनमा फर्किएका हुन् । यसअघि शाहले ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित फिल्मको निर्देशन गरिसकेका छन् । यो फिल्मको प्रदर्शन मितिबारे उल्लेख गरिएको छैन ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?