+
+
Shares

दशकपछि फिल्म निर्देशनमा फर्किए नीर शाह, ‘कमला मिस’ को छायांकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १ गते १२:०४
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वरिष्ठ फिल्म निर्देशक नीर शाहले दशकपछि मनोवैज्ञानिक विषयवस्तुको फिल्म 'कमला मिस' मार्फत निर्देशनमा फर्किएका छन्।
  • 'कमला मिस' को छायांकन २०७९ जेठ १३ गते इमाडोलस्थित न्यू मिलेनियम स्कुल परिसरमा सुरु गरिएको छ।
  • शाहले सन् १९७१ मा 'परिवर्तन' बाट फिल्म करिअर सुरु गरेका थिए र उनका स्मरणीय फिल्ममा 'वासुदेव', 'सेतो बाघ' छन्।

काठमाडौं । वरिष्ठ फिल्म निर्देशक नीर शाह निर्देशनमा फर्किएका छन् । दशकपछि उनी मनोवैज्ञानिक विषयवस्तुको फिल्म ‘कमला मिस’ मार्फत निर्देशनमा फर्किएका हुन् ।

उनी निर्देशित पछिल्लो फिल्म ‘सेतो बाघ’ सन् २०१५ मा प्रदर्शनमा आएको थियो । शुक्रबार इमाडोलस्थित न्यू मिलेनियम स्कुल परिसरमा शुभसाइत पूजा गर्दै पछिल्लो निर्देशकीय प्रोजेक्ट ‘कमला मिस’ को छायांकन सुरु गरिएको हो ।

यो फिल्मलाई मानव मनोविज्ञानका सूक्ष्म आयामलाई केन्द्रमा राखिएको छ । यसमा निर्देशक शाहसँगै बास्ना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्तकुमार श्रेष्ठ, जयन्त रेग्मी मुख्य भूमिकामा देखिनेछन् । मुख्य सहायक निर्देशकको रूपमा सागर बोहरा छन् ।

विजय मल्ल स्मृति प्रतिष्ठानद्वारा प्रस्तुतीमा बन्ने फिल्ममा कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान छन् । लाइन प्रोड्युसरमा पुष्कर लामा (प्रेम भोम्जन) छन् । कथा विजय मल्लको हो भने पटकथा संवाद निर्देशक शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा लेखेका हुन् ।

प्राविधिक पक्षमा छायांकन शिवराम श्रेष्ठ, सङ्गीत युग भुसाल र नृत्य निर्देशन रामजी लामिछानेले गर्नेछन् । निर्माण व्यवस्थापनको जिम्मेवारी भोला सुबेदीले सम्हालेका छन् ।

शाहले सन् १९७१ मा हीरासिंह खत्री निर्देशित ‘परिवर्तन’ बाट फिल्म करिअर थालेका थिए । उनले यसमा अभिनेताको रुपमा डेब्यू गरेका थिए । उनको पहिलो निर्देशकीय फिल्म चाहिँ ‘वासुदेव’ हो ।

उनका स्मरणीय फिल्ममा ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’, ‘सेतो बाघ’ छन् । उनको शीर्ष भूमिका रहेको फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा पौने १८ करोड नेरु ग्रस हाराहारीमा कमाइ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?