News Summary
Generated by OK AI. Editorially reviewed.- बर्लिन फिल्म फेस्टिभल २२ फेब्रुअरीसम्म चल्ने गरी बिहीबार राति सुरु भयो र यसमा मिसेल योहलाई मानार्थ गोल्डेन बेयर पुरस्कार प्रदान गरियो।
- अफगान निर्देशक शहरबानो सादतको 'नो गुड मेन' उद्घाटन फिल्म छ, जसमा अफगानिस्तानको पहिलो चुम्बन दृश्य समावेश छ।
- नेपाली फिल्म निर्देशक मीनबहादुर भाम यस वर्षको बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय जुरी सदस्य बनेका छन्।
बर्लिन फिल्म फेस्टिभल बिहीबार राति आशा र उत्साहका साथ सुरु भयो । चिसो र भिजाउने मौसमका बाबजुद पनि दर्शक भारी वर्षाको सामना गर्दै कार्यक्रममा सहभागी भए, किनकि बर्लिन सहर ठूलो पानीले भिजेको थियो ।
रेड कार्पेटमा छाता र रेनकोट बोकेर हिँड्ने स्टारहरूमा सीन बेकर, बेला र्याम्से, करिम ऐनुज, निल प्याट्रिक ह्यारिस, राडु जुडे, ड्यानियल ब्रुहल र लार्स आइडिङ्गर थिए ।
बेकर यस वर्षको मानार्थ ‘गोल्डेन बेयर’ पुरस्कार अस्कर विजेता अभिनेत्री मिसेल योहलाई प्रदान गर्न उपस्थित थिए । सुनौलो पहिरनमा सजिएकी मिसेल बेकरको नयाँ फिल्म ‘सान्डिवारा’ फिल्ममा अभिनय गर्दैछिन्, जुन फेसन हाउस सेल्फ-पोट्र्रेटसँगको सहकार्यमा बन्न लागेको हो ।
मञ्चमा पुगेपछि बेकरले बर्लिनालेबारे प्रशंसा गर्दै भने, ‘यो सधैं साहसी आवाज, जोखिम लिन नडराउने र आफूलाई एउटै घेराभित्र सीमित हुन नदिने कलाकारलाई समर्थन गर्ने महोत्सव हो ।’
“त्यसैले आज सम्मान पाउन लाग्नुभएकी व्यक्ति बिल्कुलै सही छनोट हुन्’ उनले थपे, ‘मिसेल योह यस्तो कलाकार हुन्, जो एक पुस्तामा एकपटक मात्र देखिन्छिन् । उनी फिल्ममा देखिने मात्रै होइनन्, उनले त पुरै माहोल नै बदलिदिन्छिन् ।’
पुरस्कार ग्रहण गर्दै योहले बेकरलाई आफू पुनः उनीसँगै काम गर्न इच्छुक भएको बताइन् । ‘बस, सेक्स सिन नहोस्’ उनले हाँस्दै भनिन् । उनले बर्लिनालेले सधैं साहसी कलाकारलाई साथ दिएको कुरा पनि स्मरण गरिन् र आफू नयाँ कलाकार हुँदा बर्लिनालेले आफूलाई स्वागत गरेको बताइन् ।
व्यक्तिगत कुरा गर्दै जाँदा उनको आवाज भावुक भयो । ‘मेरो एक भाग अझै पनि त्यही सानी केटी हो, जसले आफ्ना आमाबुबालाई गर्व गराउन मात्रै चाहन्थी । मेरा बुबा अहिले यो क्षण हेर्न यहाँ हुनुहुन्न । तर म उहाँलाई सधैंसँगै बोकेर हिँड्छु । उहाँको अनुशासन, दृढता र यो विश्वास थियो कि यदि कुनै काम गर्न लायक छ भने, त्यो राम्रोसँग गर्नुपर्छ । आज राति म यो गोल्डेन बेयर समातेर यहाँ उभिँदा उहाँले देख्न पाउनुभएको भए, उहाँ पक्कै पनि मुस्कुराउनुहुन्थ्यो ।’

उनको भाषणले भावुक बनेका दर्शकले उनलाई उभिएर ताली बजाएर सम्मान जनाए ।
तर उद्घाटन समारोहमा एउटा कुरा भने खासै देखिएन- राजनीति र समसामयिक विषयमा जोड । गत वर्षजस्तो अवस्था यसपटक थिएन, जहाँ टिल्डा स्विन्टनले सामूहिक हत्याको निन्दा गर्दै र ट्रम्पको गाजालाई रिभिएरा बनाउने योजनाको आलोचना गर्दै कडा भाषण दिएकी थिइन् । यस वर्षको समारोह भने मुख्य रूपमा फिल्म निर्माणको कलामै केन्द्रित रह्यो ।
ठूला राजनीतिक सन्देश भने रेड कार्पेटमै देखिए । केही सहभागीले हाना अरेन्टको फासिवादविरोधी भनाइ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । साथै, कलाकार बनाफ्शे हाउरमाज्दी, जस्मिन तबाताबाइ, फेलिन रोगान र लेखिका ड्युजन टेक्कालले “फ्री इरान” लेखिएका सन्देश बोकेका थिए ।
मुख्य समारोहमा भने माहोल हल्का र सन्तुलित राखियो । मिसेल योहले आफ्नो भाषणमा “विभाजित संसार” को संकेत मात्रै गरिन्, तर समग्रमा कार्यक्रम कला र सिनेमा वरिपरि नै केन्द्रित रह्यो ।
जर्मन निर्देशक विम वेन्डर्सको नेतृत्वमा रहेको फेस्टिभलको जुरीहरू पनि सोही दिन बिहानको प्रेस सम्मेलनमा राजनीतिक विषयमा बोल्न खासै इच्छुक देखिएनन् । “हामी राजनीतिबाट टाढै बस्नुपर्छ, किनकि यदि हामीले पूर्ण रूपमा राजनीतिक फिल्म बनाउन थाल्यौं भने हामी नै राजनीतिक क्षेत्रभित्र पस्छौं,” वेन्डर्सले भने, “तर हामी त राजनीतिलाई चुनौती दिन क्षेत्र हौं, यसको ठीक उल्टो हौं । हामीले जनताको काम गर्नुपर्छ, नेताहरूको होइन ।’
उता, बर्लिनालेकी प्रमुख ट्रिसिया टटलले पनि मञ्चमा रहँदा स्वतन्त्र (इन्डी) फिल्म निर्माणमै जोड दिइन् । बर्लिनालेको नेतृत्वमा दोस्रो वर्ष मनाइरहेकी उनले फिल्म प्रोग्रामिङका सह–निर्देशक ज्याकलिन ल्यांगा र माइकल स्टुट्ससँगै उपस्थित हुँदै यस वर्षको लाइनअपबारे संकेत गरिन् । उनले उद्योग अहिले “धेरै राम्रो अवस्थामा” रहेको महसुस भएको बताइन् ।

बर्लिनालेकी प्रमुख ट्रिसिया टटल, जसले नेतृत्वको दोस्रो वर्ष मनाइरहेकी छन्, मञ्चमा रहँदा उनले स्वतन्त्र (इन्डी) फिल्म निर्माणमा विशेष जोड दिइन् । फिल्म प्रोग्रामिङका सह–निर्देशक ज्याकलिन ल्यांगा र माइकल स्टुट्ससँगै उपस्थित हुँदै उनले यस वर्षको फेस्टिभल लाइनअपबारे झल्को दिँदै उद्योग अहिले “धेरै राम्रो अवस्थामा” रहेको महसुस भएको बताइन् ।
टटलले भनिन्, “उद्योग साँच्चै फस्टाइरहेको छ । वर्षभरि यति धेरै फिल्म निर्मातालाई सक्रिय देख्न पाउँदा, र यही हलभित्र पनि यति सुन्दर र विविध काम देख्न पाउँदा निकै खुसी लाग्छ’, उनले थपिन्, “अवश्य पनि, संरचना र पूर्वाधारका हिसाबले उद्योगले अझै केही काम गर्न बाँकी छ । तर उद्योग कति लचिलो र मजबुत छ भन्ने कुराले मलाई निकै हौसला दिएको छ ।’
यस वर्षको फेस्टिभल उद्घाटन फिल्म प्रख्यात अफगान निर्देशक शहरबानो सादतको “नो गुड मेन” हो । यो रोमान्टिक कमेडी काबुलको एक टिभी स्टेसनमा काम गर्ने महिला क्यामेरापर्सनको कथामा आधारित छ, जो सन् २०२१ मा तालिबानले काबुल कब्जा गर्नुअघि त्यही स्टेसनका चर्चित पुरुष पत्रकारसँग सम्बन्धमा गाँसिन्छिन् ।
यो फिल्म अफगानिस्तानको पहिलो फिल्म हो जसमा पर्दामा चुम्बन दृश्य देखाइएको छ । फिल्म बनाउने अनुभवबारे सादतले भेराइटीसँग कुरा गर्दै भनिन्, “मेरो फिल्म कुनै एजेन्डा बोकेको फिल्म होइन । मैले विशेष कारणले त्यो दृश्य राखेको पनि होइन । तर कुरा रोचक के छ भने, अफगान समाज धेरै नै परम्परागत छ । त्यसैले जुन कुरा निषेध गरिन्छ, त्यसैको चाहना झन् बढी हुन्छ ।’

यस वर्षको लाइनअपमा गएको वर्षजस्तो टिमोथे सालामे र जेकब एलोर्डीको स्टार पावरको डबल आकर्षण त छैन, तर पनि धेरै चर्चित प्रिमियर समेटिएका छन् । तीमध्ये चार्ली एक्ससीएक्सको “द मोमेन्ट” को युरोपेली डेब्यू र करिम ऐनुजको पारिवारिक व्यंग्य फिल्म “रोसबुस प्रुनिङ” विशेष चर्चामा छन् । “रोसबुश प्रुनिङ” मा क्यालम टर्नर, एले फ्यानिङ, राइली किओ लगायत कलाकार देखिन्छन् ।
हेर्नलायक अन्य फिल्ममा “एट द सी” पनि छ, जसलाई कोर्नेल मुन्द्रुचोले निर्देशन गरेका छन् र एमी एडम्सको निडर अभिनयका कारण सम्भावित ओस्कार दाबेदारका रूपमा हेरिएको छ । साथै, सन्डान्समा चर्चित बनेका “जोसेफिन” र “द वेट” को अन्तर्राष्ट्रिय प्रदर्शन पनि यसपटक हुँदैछ ।
बर्लिन फिल्म फेस्टिभल फेब्रुअरी २२ सम्म चल्नेछ । यसवर्ष चर्चित नेपाली फिल्म निर्देशक मीनबहादुर भाम अन्तर्राष्ट्रिय जुरी सदस्यको रुपमा छन् । आमिर खानपछि बर्लिनको मुख्य प्रतिस्पर्धाको जुरी हुने उनी आमिर खानपछि दोस्रो दक्षिण एसियाली फिल्ममेकर हुन् ।
प्रतिक्रिया 4