+
+
Shares

बर्लिन उडे ‘अन्तर्राष्ट्रिय जुरी’ मीन भाम, फेस्टिभलबारे हामीलाई के थाहा छ ?

यसअघि भारतीय अभिनेता आमिर खान जुरीको रुपमा सहभागी थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते २१:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक मीनबहादुर भामले बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय जुरीमा सहभागी हुन बुधबार बेलुका जर्मनीतर्फ उडेको छ।
  • फेब्रुअरी १२ देखि २२ सम्म हुने बर्लिन फेस्टिभलमा भाम दोस्रो दक्षिण एसियाली फिल्ममेकरका रूपमा जुरी सदस्य रहेका छन्।
  • फेस्टिभलमा २२ वटा फिल्म प्रतिस्पर्धामा छन् र मिसेल योहलाई 'अनररी गोल्डेन बियर' लाइफटाइम एचिभमेन्ट अवार्ड दिइनेछ।

काठमाडौं । प्रसिद्ध बर्लिन फिल्म फेस्टिभल (बर्लिनाले) मा अन्तर्राष्ट्रिय जुरीको भूमिकामा सहभागी हुन निर्देशक मीनबहादुर भाम बुधबार बेलुका जर्मनीतर्फ उडेका छन् ।

त्यसतर्फ प्रस्थान गर्नुअघि अनलाइनखबरसँग कुरा गर्दै भामले यो महत्वपूर्ण र ऐतिहासिक कार्यको लागि आफू जान लाग्दा उत्साहित रहेको बताए । फेब्रुअरी १२ देखि २२ सम्म बर्लिनमा फेस्टिभल हुँदैछ ।

निर्देशक भाम फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको जुरी हुने दोस्रो दक्षिण एसियाली फिल्ममेकर हुनेछन् । यसअघि भारतीय अभिनेता आमिर खान जुरीको रुपमा सहभागी थिए ।

यस पटकको महोत्सवको सुरुवात सहरबानो सादातले निर्देशन गरेको फिल्म ‘नो गुड मेन’ बाट हुँदैछ । सिनेमा जगतमा पुर्‍याएको योगदानको कदर गर्दै प्रसिद्ध अभिनेत्री मिसेल योहलाई यस वर्षको ‘अनररी गोल्डेन बियर’ लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिँदैछ ।

यस वर्षको अन्तर्राष्ट्रिय जुरी (निर्णायक मण्डल) को अध्यक्षता जर्मन फिल्म निर्देशक विम वेल्डर्सले गर्दै छन् । उनीसहित नेपालका भाम, दक्षिण कोरिया, भारत, जापान, अमेरिका र पोल्याण्डका विज्ञहरू पनि निर्णायक मण्डलमा छन् ।

मुख्य प्रतिस्पर्धामा जम्मा २२ वटा फिल्म समावेश छन्, जसमा नाम चलेका पुराना र भर्खरै उदाउँदै गरेका नयाँ निर्देशकका अन्तर्राष्ट्रिय प्रिमियर हुनेछन् ।

एमी एडम्सको अभिनय रहेको फिल्म ‘एट द सी’, राइली केओको अभिनय रहेको फिल्म ‘रोजबुश प्रुनिङ’ बाहेक विश्वका विभिन्न देशका फरक-फरक शैली र कथा बोकेका फिल्म पनि यस प्रतिस्पर्धामा सहभागी छन् ।

फिल्म स्क्रिनिङका साथै यहाँ बर्लिनाले ट्यालेन्ट्स पनि आयोजना हुनेछ, जसले विश्वभरका फिल्मकर्मीलाई एकअर्कासँग चिनजान गर्ने र नयाँ कुरा सिक्ने राम्रो अवसर दिन्छ ।

त्यस्तै, ‘युरोपियन फिल्म मार्केट’ पनि चल्नेछ । यो फिल्म उद्योगकै एउटा ठूलो कार्यक्रम हो जहाँ नयाँ फिल्म र प्रोजेक्टहरूको खरिद-बिक्री हुने गर्छ र तिनका लागि लगानी (फन्डिङ) को जोहो पनि गरिन्छ ।

बर्लिनालेको आफ्नो एउटा छुट्टै विशेषता छ- यो कलात्मक सिनेमा, राजनीतिक बहस, सांस्कृतिक आदानप्रदान र स्टारको उपस्थितिका लागि परिचित छ ।

यो संसारकै सबैभन्दा बढी ‘पब्लिक-फ्रेन्डली’ अर्थात् सर्वसाधारणका लागि सहज फिल्म महोत्सव मध्ये एक मानिन्छ । यहाँका फिल्म प्रदर्शनी फिल्म उद्योगका मान्छेका लागि मात्र नभएर स्थानीय दर्शकका लागि पनि उत्तिकै खुला राखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?