News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वप्रसिद्ध बर्लिन फिल्म फेस्टिभलले नेपाली निर्देशक मीनबहादुर भामलाई सन् २०२६ को अन्तर्राष्ट्रिय जुरी सदस्यको रुपमा घोषणा गरेको छ।
- निर्देशक भाम सम्भवतः ए–लिस्टर फेस्टिभलमा जुरी सदस्य बन्ने पहिलो नेपाली फिल्मकर्मी बनेका छन्।
- जर्मनीका विम वेन्डर्स जुरी प्यानलको अध्यक्ष छन् र अन्य सदस्यमा दक्षिण कोरियाकी बे डुना, भारतीय शिवेन्द्र सिंह डुंगरपुर लगायत छन्।
काठमाडौं । विश्वप्रसिद्ध बर्लिन फिल्म फेस्टिभलले नेपाली फिल्म निर्देशक मीनबहादुर भामलाई जुरी सदस्यको रुपमा घोषणा गरेको छ । निर्देशक भाम ए–लिस्टर फेस्टिभलमा जुरी सदस्य बन्ने सम्भवतः पहिलो फिल्मकर्मी बनेका छन् ।
बर्लिन फिल्म फेस्टिभलले वेब-साइटमार्फत यसबारे जानकारी दिएको छ ।
सन् २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यानलको अध्यक्षमा जर्मनीका विम वेन्डर्स छन् । सदस्यहरूमा नेपालका भामसहित दक्षिण कोरियाकी बे डुना, शिवेन्द्र सिंह डुंगरपुर (भारत), रेनाल्डो मार्कस ग्रीन (अमेरिका) र हिकारी (जापान) र इवा पुस्ज्चिन्स्का (पोल्याण्ड) छन् ।
भाम निर्देशित फिल्म ‘शाम्बाला’ गतवर्षको बर्लिन फेस्टिभलको संस्करणमा मुख्य विधामा प्रतिस्पर्धा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4