+
+
Shares

मिसेल योलाई मानार्थ ‘गोल्डेन बियर’ अवार्ड दिने बर्लिन फिल्म फेस्टिभलको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बर्लिन फिल्म फेस्टिभलले अस्कर विजेता अभिनेत्री मिसेल योहलाई मानार्थ 'गोल्डन बियर २०२६' अवार्ड दिने घोषणा गरेको छ।
  • अवार्ड १२ फेब्रुअरी २०२६ मा फेस्टिभलको उद्घाटन समारोहमा प्रदान गरिनेछ।
  • मिसेल योहले सन् १९९९ मा बर्लिनेल निर्णायक मण्डल सदस्यको रूपमा काम गरेकी थिइन् र अन्तर्राष्ट्रिय सिनेमामा स्थायी प्रभाव पारेकी छिन्।

काठमाडौं । अस्कर अवार्ड विजेता चर्चित हलिउड अभिनेत्री मिसेल योलाई बर्लिन फिल्म फेस्टिभलले मानार्थ ‘गोल्डन बियर २०२६’ अवार्ड प्रदान गर्ने घोषणा गरेको छ ।

फिल्ममा अद्धितीय योगदान पुर्‍याएको भन्दै बर्लिनले उनलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।

१२ फेब्रुअरी, २०२६ मा आयोजना हुने फेस्टिभलको उद्घाटन समारोहमा अभिनेत्री योलाई अवार्ड प्रदान गर्ने जनाइएको छ ।

‘गोल्डेन बियर’ बर्लिन फिल्म फेस्टिभलको सर्वोच्च अवार्ड हो । ‘ मिशेल योहलाई उनको पुस्ताको सबैभन्दा बहुमुखी र प्रभावशाली अभिनेत्री मध्ये एक मानिन्छ’ बर्लिनले विज्ञप्तिमा भनेको छ, ‘४ दशक र धेरै महादेशमा फैलिएको करियरको साथ, उनले अन्तर्राष्ट्रिय सिनेमामा स्थायी प्रभाव पारेकी छिन् ।’

योहले सन् १९९९ मा बर्लिनेल अन्तर्राष्ट्रिय निर्णायक मण्डलको सदस्यको रूपमा काम गरिन् । त्यसबेलादेखि उनले क्राउचिङ टाइगर, हिडन ड्रयागन र हालसालै ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान’ जस्ता फिल्मद्वारा दर्शकलाई मोहित पारेकी छिन् ।

यसअघि हेलेन मिरेन, मार्टिन स्कोरसेस, मेरिल स्ट्रिप, स्टीवन स्पिलबर्ग र टिल्डा स्विन्टनले यो अवार्ड प्राप्त गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?