News Summary
Generated by OK AI. Editorially reviewed.- हालैको अनुसन्धानले ६६ प्रतिशत जोडीले लङ-डिस्टेन्स सम्बन्धमा शारीरिक सामीप्यताको कमीलाई मुख्य चुनौती मानेका छन्।
यदि तपाईं ‘लङ-डिस्टेन्स’ सम्बन्धमा हुनुहुन्छ भने जन्मदिन, चाडपर्व, विशेष दिन जस्ता उत्सवहरू एकसाथ मनाउन नपाउँदाका धेरै अनुभव होलान् । त्यस्तै भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवसमा सँगै हुन नपाउँदा पनि नरमाइलो पक्कै लाग्छ । जसले गर्दा तपाईं र तपाईंको पार्टनरबीचको सम्बन्ध केही खल्लो हुन जान्छ ।
हालैको एक अनुसन्धानले पनि शारीरिक सामीप्यताको कमीलाई लङ-डिस्टेन्स सम्बन्धको सबैभन्दा कठिन पक्ष मानेको । अनुसन्धानमा संलग्न करिब ६६ प्रतिशत जोडीहरूले यसलाई मुख्य चुनौतीको रूपमा उल्लेख गरेका थिए ।
त्यस्तै ६३ प्रतिशत जोडीहरूले एकअर्काको कार्यतालिका नमिल्दा कुराकानीमा कमी हुने् र त्यसले असमझदारी बढ्ने बताए थिए भने ५१ प्रतिशत जोडीले त लङ-डिस्टेन्सलाई नै सम्बन्धको अन्त्य पनि मानेका थिए ।
यद्यपि लङ डिस्टेन्स सम्बन्धलाई रोमान्टिक बनाउने केही तरिकाहरू छन् । जसले गर्दा सम्बन्धलाई कायम राखिराख्न मद्दत गर्छ ।
तिनै चार कारण तल चर्चा गरिएको छ:
१. निरन्तरको बानीमा ध्यान दिने
प्रणय दिवसमा उपहार वा योजनाहरू राम्रो देखिएता पनि निरन्तरता बढी महत्त्वपूर्ण हुन्छ । यदि तपाईं हरेक दिन साना तर महत्त्वपूर्ण कुराहरूमा आफ्नो उपस्थिति जनाउनुहुन्न भने त्यस्ता कुराहरूको महत्त्व कम हुन्छ ।
किनकि स्पष्ट अपेक्षाहरूले स्वस्थ सम्बन्ध कायम राख्न मद्दत गर्छ । चाहे त्यो दैनिक हालखबर बुझ्ने होस् वा पार्टनरप्रति चासो देखाउने, उनीहरूको प्रशंसा गर्ने, डिजिटल वा भौतिक रूपमा जोडिने समय निकाल्ने होस् । यस्ता साना र निरन्तरका बानीहरूले नै सम्बन्ध सफल बनाउँछ ।
फेरि यसको अर्थ यो होइन कि तपाईंले उपहार किन्नु हुँदैन । बस्, तपाईंको गरिरहेको कुरालाई भने निरन्ततरा दिनुपर्छ ।
२. सञ्चारलाई प्राथमिकता दिने
सम्बन्धलाई सञ्चारले नै अघि बढाउँछ । अझ लङ डिस्टेन्समा यसको विशेष महत्त्व हुन्छ । किनकि यस प्रकारको सम्बन्धमा तपाईंले आफ्नो पार्टनरलाई चाहेको बखत भेट्न पाउनुहुन्न । तर, तपाईंले कुरा त गर्न सक्नुहुन्छ । भेटको अभाव नै कुराकानीमार्फत सल्टिने हो । यसकारण लङ डिस्टेन्समा तपाईंले परिमाणभन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्छ ।
३. मनैदेखि लेखिएको कार्ड पठाउने
यो धेरैको हकमा फिट नहुन सक्छ । तर, हातले लिएका कार्ड अथवामा हातले बनाएका चिजहरूको महत्व लङ डिस्टेन्टमा झनै धेरै हुन्छ । किनकि त्यसमा अन्य भौतिक वस्तुहरूभन्दा धेरै आत्मीयपन लुकेको हुन्छ ।
हातले लेखिएको नोट वा कार्डका लागि कसैले कार्ड खोज्नुपर्छ, किन्नुपर्छ वा बनाउनुपर्छ । त्यसपछि निकै विचार गरेर सन्देश लेख्नुपर्छ । टिकट खोजेर हुलाकसम्म पुग्नुपर्छ । यी सबै गतिविधिले प्रयास र इच्छाशक्ति झल्काउँछन् । त्यसले सम्बन्धलाई झनै मजबुत बनाउँछ ।
४. भर्चुअल रूपमा भ्यालेन्टाइन्स डे मनाउने
तपाईंहरू टाढा हुनुहुन्छ भन्दैमा भ्यालेन्टाइन्स डे मनाउनै मिल्दैन भन्ने छैन । भर्चुअल माध्यम विकल्पका रूपमा रहेको छ । तपाईंहरूले भिडियो कलको सहयोगले सँगै बसेर डिनर गर्ने, गेम खेल्ने वा फिल्म हेर्ने जस्ता साझा अनुभवहरू गर्न सक्नुहुन्छ ।
पार्टनरलाई अचम्म पार्ने गरी घरमै सामान डेलिभरी गराउने, फोटोहरू वा भ्वाइस नोटहरू पठाएर पनि रचनात्मक काम पनि गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया 4