+
+
Shares

बंगलादेशमा मतदान सुरु, अवामी लिगमाथिको प्रतिबन्ध यथावत

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २९ गते ८:५६

२९ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्यूत भएपछि पहिलो पटक बंगलादेशमा निर्वाचन हुँदै छ । नयाँ सरकार गठनका लागि सुरू भएको मतदान अपराह्न साढे ४ बजेसम्म जारी रहने छ ।

बीबीसीका अनुसार १२ करोडभन्दा बढी बंगलादेशी नागरिक मतदानमा भाग लिँदै छन् । सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताबाट हटाएका थियो ।

हसिना देश छोडेर भागेपछि बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।

आन्दोलनका क्रममा झण्डै १४ सय प्रदर्शनकारीहरूको मृत्यु भएको थियो । गत नोभेम्बरमा बंगलादेशको एक अदालतले मानवताविरूद्धको अपराध मामिलामा पूर्वप्रधनमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

उनको पार्टी अवामी लिगमाथि निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको छ । निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी र इस्लामी दल जमात–ए–इस्लामीबीच प्रतिष्पर्धा छ ।

जमात–ए–इस्लामीले विद्यार्थी आन्दोलनबाट उदाएको एक पार्टीसँग गठबन्धन गरेकोछ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?