News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेशका विद्यार्थी नेता शरिफ उस्मान हादीको हत्या अभियोगमा ढाका प्रहरीले १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
- ढाका प्रहरीले हादीलाई गोली हान्ने शुटर दाउद भनिने फैजल करीम मसूद भएको दाबी गरेको छ।
- गत डिसेम्बर २०२५ मा हादीमाथि गोली प्रहार भएको थियो र उनको मृत्यु सिंगापुरमा भएको थियो।
२२ पुस, काठमाडौं । बंगलादेशका विद्यार्थी नेता शरिफ उस्मान हादीको हत्या अभियोगमा ढाका प्रहरीले १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
ढाकाको महानगरीय प्रहरी (डीएमपी) ले इन्कलाब मञ्चका संयोजक समेत रहेका हादीको हत्या अभियोगमा १७ जनाविरुद्ध अभियोजन पत्र दायर गरेको हो ।
बीबीसी बांग्लाका अनुसार मंगलबार डीएमपीले पत्रकार सम्मेलन आयोजना गर्दै हादीको हत्या राजनीतिक बदलाको नतीजा भएको बताएको छ ।
साथै ढाका प्रहरीले हादीलाई गोली हान्ने शुटर दाउद भनिने फैजल करीम मसूद भएको दाबी गरेको छ । घटनापछि अवामी लिगका नेता ताइजुल इस्लाम चौधरी बप्पीले हादीलाई गोली हान्ने शुटर दाउद र उनका साथीलाई भगाउन मद्दत गरेको ढाका प्रहरीको भनाइ छ ।
विभिन्न ठाउँका सीसीटीभी फुटेज, हतियार र गोलीको फरेन्सिक परीक्षणपछि अभियुक्तहरूको पहिचान गरिएको ढाका प्रहरीले जनाउको छ ।
गत डिसेम्बर २०२५ मा राजधानी ढाकामै हादीमाथि गोली प्रहार भएको थियो । गोली लागेर गम्भीर घाइते भएका हादीको थप उपचारका क्रममा सिंगापुरमा मृत्यु भएको थियो ।
हादीको हत्यापछि बंगलादेशमा पुन: हिंसा र प्रदर्शनको सिलसिला सुरु भएको छ । हादी सन् २०२४ को जुलाई–अगस्टमा भएको विद्यार्थी आन्दोलनका अगुवा नेता थिए ।
सोही आन्दोलनले शेख हसिना नेतृत्वको सरकार अपदस्थ गरेको थियो । हादी आगामी फेब्रुअरीमा हुने भनिएको आम चुनावमा उम्मेदवार बन्ने तयारीमा थिए ।
प्रतिक्रिया 4