News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेशको मैमनसिंह जिल्लाको भालुकामा धर्मको अपमान गरेको आरोपमा आक्रोशित भीडले हिन्दू युवक दीपू चन्द्र दासको कुटपिट गरी हत्या गरेको छ।
- मृतक युवकको शव रुखमा झुण्ड्याइदिएर आगो लगाइएको र प्रहरी टोलीले शव बरामद गरी अस्पताल पठाएको छ।
- बंगलादेशका प्रधानमन्त्री मोहम्मद युनुसले युवकको हत्या भएको घटनाको निन्दा गर्नुभएको छ।
४ पुस, काठमाडौं । बंगलादेशमा धर्मको अपमान गरेको आरोपमा कुटीकुटी एक हिन्दू युवकको हत्या भएको छ ।
बंगलादेशको मैमनसिंह जिल्लाको भालुकामा धर्मको अपमान गरेको आरोपमा आक्रोशित भीडले कुटीकुटी युवकको हत्या गरेको हो ।
बिहीबार राति ९ बजेतिर भालुका उपजिल्लाको दुबालिया पाडामा उक्त घटना भएको प्रहरीलाई उद्धृत गर्दै बीबीसी बांग्लाले जनाएको छ ।
भालुका प्रहरी चौकीका एक प्रहरी अधिकारीका अनुसार आक्रोशित भीडले कुटपिट गरी युवकको शव रुखमा झुण्ड्याइदिएका थिए । त्यसपछि उनीहरूले शवमा आगो लगाएको प्रहरी अधिकारी रिपन मियाले बताए ।
मृतक युवक दीपू चन्द्र दास भएको प्रहरीले पहिचान गरेको छ । कोठा भाडामा लिएर बस्दै आएका ती युवक स्थानीय कपडा उद्योगमा काम गर्थे ।
सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले मृतक युवकको शव बरामद गरेर मैमनसिंह मेडिकल कलेज अस्पताल पठाएका थिए ।
प्रहरी अधिकारी मियाले मृतकको आफन्तको खोजि भइरहेको र मुद्दा दर्ता गरेर दोषीमाथि कानुनी कारबाही गर्ने बताए ।
बंगलादेशका प्रधानमन्त्री मोहम्मद युनुसले युवकको हत्या भएको घटनाको निन्दा गरेका छन् ।
प्रतिक्रिया 4