+
+
Shares

नीर शाह निर्देशित ‘कमला मिस’ २२ साउनदेखि

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १३ गते १४:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक नीर शाहको फिल्म 'कमला मिस' २२ साउनमा रिलिज हुने भएको छ।
  • फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।
  • फिल्मको कथा विजय मल्लको मौलिक कथा हो र पटकथा शाह, प्रजल दुलाल र सुगम दुलालले तयार पारेका छन्।

काठमाडौं । नीर शाह निर्देशित फिल्म ‘कमला मिस’को प्रदर्शन मिति घोषणा भएको छ । वितरक कम्पनीसँग निर्माताको सम्झौतापछि २२ साउनलार्ई रिलिज डेट तय गरिएको हो ।

यो फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।

मनोवैज्ञानिक कथावस्तुमा आधारित फिल्ममा शाहसँगै रमेश बुढाथोकी, बास्ना तिमिल्सिना, शिवम क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडाको अभिनय छ ।

विजय मल्ल स्मृति प्रतिष्ठान का लागि उमामल्ल ले निर्माण गरेको फिल्मको कार्यकारी निर्मातामा उमेश मल्ल र चैतन्य प्रधान छन् । लाइन प्रोड्युसर पुष्कर लामा हुन् ।

मौलिक कथा विजय मल्लको हो । एडप्टेड स्क्रिनप्ले (पटकथा) तथा संवाद शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका छन् ।

शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी छ । निर्माण व्यवस्थापन भोला सुबेदीले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक सागर बोहरा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?