+
+
Shares

गोरखामा आगलागीबाट एक घर जलेर नष्ट

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते ९:३८

१४ भदौ, गोरखा । गोरखा नगरपालिका-३ नारेश्वरस्थित एक घरमा आगलागी भएको छ ।

शनिबार राति करिब १२ बजे स्थानीय सीता अर्यालको ढुंगा माटोले बनेको कच्ची घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

डीएसपी राजकुमार श्रेष्ठका अनुसार आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

`आगलागीबाट अन्नपात, लत्ताकपडा र भाडाकुडा सबै नष्ट भएको छ,´ उनले भने, `मानवीय क्षति भने छैन ।´

प्रहरी र स्थानियको समन्वयमा आगो नियन्त्रणमा आएको उनले बताए । आगलागीको कारण भने खुल्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?