+
+
Shares

युद्ध अन्त्यअघि नै रुससँग व्यापारिक सम्झौता गर्ने ट्रम्प प्रशासनको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १४:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युक्रेन युद्ध सकिनुअघि नै रुससँग व्यापारिक सम्झौताबारे विचार गरिरहेको द न्युयोर्क टाइम्सले जनाएको छ।
  • वाशिङ्गटनले रुससँग सम्बन्ध पुनः सुरु गर्ने गम्भीर मनसाय देखाउन यस्तो तयारी गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्।
  • राष्ट्रपतिका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नर रुसलाई युद्ध रोक्ने नयाँ उपाय खोजिरहेका छन्।

२ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युक्रेनमा युद्ध समाप्त हुनुअघि नै रुससँग व्यापारिक सम्झौताहरू गर्ने विचार गरिरहेको छ। मस्कोसँगको वार्ताका लागि नयाँ नीतिको अंशका रूपमा यस्तो तयारी भइरहेको द न्युयोर्क टाइम्सले स्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ।

यस्ता सम्झौताहरूले रुससँगको सम्बन्धलाई पुनः सुरु गर्ने वाशिङ्गटनको गम्भीर मनसाय देखाउन सक्ने एक अमेरिकी अधिकारीले बताएका छन्। यो नयाँ नीति ट्रम्पको अघिल्लो अडानभन्दा फरक रहेको पत्रिकाले उल्लेख गरेको छ।

वाशिङ्गटनले अब युद्ध सकिनुअघि नै रुससँग सम्झौतामा पुग्न सक्ने सम्भावनालाई स्वीकार गरेको वार्ता निकट दुई स्रोतले बताएका छन्। अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नर रुसलाई युद्ध रोक्न नयाँ उपायहरूको खोजीमा छन्। तर अहिले कस्ता प्रकारका सम्झौताहरूमा विचार भइरहेको छ भन्नेबारे कुनै जानकारी उपलब्ध नभएको समाचारमा जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?