+
+
Shares

अमेरिकास्थित भारतीय राजदूतको प्रतिक्रिया- ऊर्जा सुरक्षा पहिलो प्राथमिकता

रुसबाट तेल र ग्यास खरिद गर्ने देशमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने विधेयक अमेरिकी संसद्बाट पारित भएपछि भारतको प्रतिक्रिया आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते २२:०९

रुसबाट तेल र ग्यास खरिद गर्ने देशमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने विधेयक अमेरिकी संसद्बाट पारित भएपछि भारतको प्रतिक्रिया आएको छ ।

अमेरिकाका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतका लागि ऊर्जा सुरक्षाका विषयमा भारतीय जनताको प्राथमिकता सबैभन्दा माथि रहेको प्रतिक्रिया दिएका छन् ।

रुसबाट तेल र ग्यास खरिद गर्ने प्रमुख देशमध्ये भारत र चीन पनि पर्छन् ।

क्वात्राले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेका छन्, ‘भारतका जनताको ऊर्जा सुरक्षा सबैभन्दा पहिले आउँछ ।’ भारतका निर्णय ऊर्जा आपूर्ति, सस्तो मूल्य, बजारको अवस्था र व्यावसायिक व्यवहारिकताका आधारमा तय हुने उनले बताएका छन् ।

‘भारतले आफ्नो कच्चा तेलको ८५ प्रतिशतभन्दा बढी र प्राकृतिक ग्यासको करिब आधा आवश्यकता आयात गर्छ,’ राजदूत क्वात्राले भनेका छन् ।

हालैका द्वन्द्वका कारण विश्वव्यापी आपूर्तिमा दबाब पर्दा भारतले आफ्ना जनतालाई मूल्यमा अचानक हुने वृद्धिबाट जोगाउन निर्णायक कदम उठाएको बताउँदै उनले यसले विश्वव्यापी ऊर्जा बजारलाई स्थिर राख्न र ठूलो संकट रोक्न पनि मद्दत गरेको दाबी गरेका छन् ।

‘आफ्ना जनताका लागि पर्याप्त, सस्तो र निर्बाध ऊर्जा सुनिश्चित गर्न आफ्नो सीमाभन्दा बाहिरका विकल्प खोज्नु हाम्रो जिम्मेवारी हो,’ उनले भनेका छन् ।

क्वात्राका अनुसार भारतले मध्यपूर्व, अफ्रिका, ल्याटिन अमेरिका, युरेसिया र अमेरिकाका विभिन्न साझेदारबाट इन्धन खरिद गर्छ ।

चीनले भने अमेरिकी कानुनलाई अन्तर्राष्ट्रिय कानुनसँग मेल नखाने भन्दै त्यसलाई पालना गर्न आफू बाध्य नरहेको बताइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?