+
+
Shares

मोदी र पुटिनबीच भेट : व्यापार, ऊर्जा र रक्षाबारे छलफल

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा व्यापार, ऊर्जा र रक्षाबारे छलफल भएको छ।
  • पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्।
  • भारतीय सरकारी तथ्याङ्कअनुसार सन् २०२५/२६ मा भारत–रुस वस्तु व्यापार ५९.९ अर्ब डलर पुगेको छ।

२६ भदौ, नयाँ दिल्ली (रासस/एएफपी) । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्।

राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्।

मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ दिल्लीको सम्मेलन केन्द्रमा हाँस्दै गरेको र एकअर्कालाई पिठ्युँमा धाप मारेको, अँगालो हालेको तस्वीर सार्वजनिक भएका छन्।

अमेरिका–इरान युद्धका कारण उत्पन्न ऊर्जा सङ्कटमा भारतले रुसतर्फ ध्यान दिएको छ। युक्रेनमा रुसको युद्ध र वासिङ्टनलगायत पश्चिमी देशहरूको दबाबका बाबजुद पनि भारतले रुसी तेल किनिरहेको छ।

नेता पुटिन सन् २०२५ डिसेम्बरमा भारत आएका थिए। यस महिनाको सुरुमा किर्गिस्तानको बिस्केकमा भएको शाङ्घाई सहयोग सङ्गठनको बैठकमा पनि दुवै नेता भेटेका थिए। त्यहाँ भारतीय प्रधानमन्त्री मोदीले पुटिनलाई ‘अनन्त युद्धबाट युद्धको अन्त्यतिर अघि बढ्न’ आग्रह गरेका थिए।

मध्यपूर्व युद्ध सुरु भएपछिका हप्ताहरूमा मार्चमा भारतीय रिफाइनरीहरूले रुसबाट कच्चा तेलको आयात झण्डै दोब्बर बनाएका थिए। प्रतिबन्धमा अस्थायी अमेरिकी छूटले यसमा सहयोग पुगेको थियो।

व्यापारिक सूचना कम्पनी केप्लरका अनुसार जुनमा आयात बढेर दैनिक २७ लाख १० हजार ब्यारेल पुगेको थियो भने जुलाईमा यो २८ लाख १० हजार ब्यारेलको उच्चस्तरमा पुगेको थियो। अगस्टमा भने घटेर दैनिक २० लाख ७० हजार ब्यारेल भए पनि अझै महत्वपूर्ण मात्रामा नै छ।

भारतीय सरकारी तथ्याङ्कअनुसार सन् २०२५/२६ मा दुई देशबीचको वस्तु व्यापार ५९.९ अर्ब डलर पुगेको थियो। भारतले ४.४९ अर्ब डलर निर्यात गर्दा ५५.३७ अर्ब डलरको आयात गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?