+
+
Shares

मोदी रिझाउने प्रतिस्पर्धामा ट्रम्प र पुटिन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १२:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति ट्रम्पले भने, 'हामीले एउटा सम्झौतामा पुग्नु छ किनभने म प्रधानमन्त्री मोदीलाई धेरै मन पराउँछु'।
  • रुसी राष्ट्रपति पुटिनले अमेरिकी दबाबले भारतलाई नछुने र दुई देशबीचको साझेदारी निरन्तर बलियो रहने दाबी गरे।
  • आगामी सेप्टेम्बरमा नयाँ दिल्लीमा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रुसी राष्ट्रपति पुटिन भारत जाने तय भएको छ।

२२ जेठ, काठमाडौं । विश्वका दुई शक्ति राष्ट्रहरू अमेरिका र रुस भारतलाई रिझाउने प्रतिस्पर्धामा देखिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको खुलेर प्रशंसा गर्दै आ-आफ्नो स्वार्थ र साझेदारीलाई अघि बढाउने सङ्केत गरेका छन्।

अमेरिकी चासो: मोदीसँगको मित्रता र व्यापार सम्झौता

अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिका र भारतबीच छिट्टै एउटा ठूलो व्यापार सम्झौता हुन सक्ने बताएका छन्। ट्रम्पले प्रधानमन्त्री मोदीलाई आफ्नो ‘धेरै राम्रो साथी’ भन्दै दुई देशबीच राम्रो सम्बन्ध रहेको र एकअर्कालाई राम्ररी बुझ्ने दाबी गरेका छन्।

विगतमा भारतले अमेरिकामाथि धेरै भन्सार शुल्क लगाएर वर्षौंसम्म फाइदा उठाएको तर अमेरिकाले त्यसबाट खासै फाइदा नपाएको ट्रम्पले गुनासो गरे। यद्यपि, अहिले अवस्था फेरिएको र अमेरिकाले भारतसँगको व्यापारबाट राम्रो पैसा कमाइरहेको उनको भनाइ छ।

ट्रम्पले भने, ‘हामीले एउटा सम्झौतामा पुग्नु छ किनभने म प्रधानमन्त्री मोदीलाई धेरै मन पराउँछु’।

ट्रम्पले मोदीको प्रशंसा गरिरहँदा, अर्कोतिर अमेरिकी प्रशासनले भारतसहित ५४ देशमाथि अतिरिक्त ट्यारिफ लगाउने घोषणा पनि गरेको छ। अमेरिकी प्रशासनले यी देशहरूमा जबरजस्ती श्रमबाट उत्पादित सामग्रीको आयातमा पर्याप्त रोक नलागाएको दाबी गर्दै यस्तो कर लगाउने निर्णय गरेको हो।

रुसको विश्वास: भारतलाई अमेरिकी दबाबले छुँदैन

अर्कोतर्फ, रुसी राष्ट्रपति पुटिनले जुन ४ मा सेन्ट पिटर्सबर्गमा पीटीआईसहित विश्वभरका प्रमुख समाचार एजेन्सीका प्रमुखहरूसँग कुरा गर्दै भारत र प्रधानमन्त्री मोदीको खुलेर प्रशंसा गरेका छन्।

अमेरिकाले भारतमाथि रुससँगको सम्बन्धलगायतका विषयमा दबाब सिर्जना गर्न खोजिरहेको तर यस्तो प्रयास बेकार हुने र भारतले यसको प्रतिवाद गर्ने पुटिनले बताए।

पुटिनले भारतलाई एक ‘महान् देश र लोकतन्त्र’ भन्दै रुसले भारतलाई आफ्नो भरपर्दो साझेदार मान्ने स्पष्ट पारेका छन्।

भारतले सधैं आफ्नो राष्ट्रिय हितलाई प्राथमिकता दिने भएकाले अमेरिकासँगको उसको बढ्दो सम्बन्धले भारत-रुस साझेदारीमा कुनै असर नपर्ने र रुससँगको सम्बन्ध पहिले जस्तै बलियो रहने पुटिनको दाबी छ।

पश्चिमी देशहरूले रुससँगको सहयोग घटाउन दबाब दिए पनि प्रधानमन्त्री मोदी र भारतमाथि दबाब डालनु अन्तर्राष्ट्रिय सम्बन्धकै लागि नोक्सानदायक हुने सबैले बुझिसकेको उनले बताए।

प्रधानमन्त्री मोदीको नेतृत्व, सरकारको निरन्तर मिहिनेत र नीतिका कारण भारत विश्वको सबैभन्दा ठूलो र तीव्र आर्थिक वृद्धिदर भएको देशमा पर्न सफल भएको पुटिनले बताए। आगामी वर्षहरूमा भारत र रुसबीचको व्यापार १०० अर्ब डलर पुग्ने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

आगामी भ्रमण र भारत-रुस सम्झौताहरू

भारतले यस वर्ष ब्रिक्सको अध्यक्षता गरिरहेको छ र सेप्टेम्बर १२ र १३ मा नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन पुटिन भारत जाँदैछन्। प्रधानमन्त्री मोदीले पनि यसै वर्ष रुसको भ्रमण गर्ने कार्यक्रम तय भएको छ।

यसअघि सन् २०२५ डिसेम्बर ४ मा २३औं भारत-रुस वार्षिक शिखर सम्मेलनमा भाग लिन पुटिन भारत आएका थिए, जुन युक्रेन युद्ध सुरु भएपछिको उनको पहिलो र सन् २०२१ पछिको दोस्रो भ्रमण थियो।

दिल्ली पुगेपछि पुटिन र मोदी एउटै टोयोटा एसयुभीमा प्रधानमन्त्री निवास गएका थिए। डिसेम्बर २०२५ मा दुई देशबीच केही महत्त्वपूर्ण सम्झौताहरू भएका थिए । तीमध्ये रुसले भारतको बढ्दो अर्थतन्त्रका लागि निरन्तर र विना अवरोध इन्धन आपूर्ति गर्ने विश्वास दिलाएको थियो।

भारतीय कम्पनीहरूले रुसको एक कम्पनीसँग मिलेर रुसमै युरिया प्लान्ट स्थापना गर्ने सम्झौता गरेका थिए । त्यस्तै, भारतको एफएसएसएआई र रुसको उपभोक्ता सुरक्षा एजेन्सीबीच खाद्य सुरक्षा नियमहरू बलियो बनाउन औपचारिक सम्झौता भएको छ।

मेडिकल अनुसन्धान र स्वास्थ्य सेवामा सहयोग बढाउन विभिन्न समझदारी पत्रमा पनि हस्ताक्षर भएको थियो । उनीहरूबीच बन्दरगाह र सिपिङ अपरेसनमा सहयोग बढाउन समझदारी भएको थियो।

दुवै देशले मानिसहरूको आवतजावतलाई सहज बनाउन र माइग्रेसन प्रक्रिया सरल गर्न सम्झौता गरेका थिए।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?