Comments Add Comment

अन्तराष्ट्रिय समाचार

List Grid
ढल्यो सरकार, कुमार रहेनन् कर्नाटकका स्वामी

काठमाडौं । भारतको कर्नाटकमा पछिल्लो केही दिनदेखि चलिरहेको राजनीतिक नाटक समाप्त भएको छ । कुमारस्वामी नेतृत्वको कांग्रेस-जेडीएस गठबन्धन सरकारले विश्वासको मत पाउन सकेन । सरकारको पक्षमा ९९ मत खस्यो भने विश्वासको मतको विरोधमा १०५ मत । गठबन्धनका १६ सांसदले राजीनामा दिनासाथ कुमारस्वामी सरकारको दिनगन्ती सुरु भएको थियो । निर्दलीय विधायकले पनि समर्थन फिर्ता लिने घोषणा […]

बोरिस जोनसन हुने भए बेलायतका प्रधानमन्त्री

७ साउन, काठमाडौं । बोरिस जोनसन संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्री हुने भएका छन् । बेलायतको सत्ताधारी कन्जरभेटिभ पार्टीको नेताका लागि भएको चुनावमा उनले बाजी मारेका हुन् । उनले जेरेमी हन्टलाई पराजित गरे । जोनसनले ९२ हजार १५३ मत पाए भने हन्टले मात्र ४६ हजार ६५६ मत पाएका छन् । हन्ट टेरिजा मे सरकारका विदेशमन्त्री […]

भारतले पठायो चन्द्रमामा रकेट

६ साउन, काठमाडौं । भारतले सोमबार चन्द्रमामा रकेट प्रक्षेपण गरेको छ । भारतीय खगोल अनुसन्धान संगठनले सोमबार आन्ध्र प्रदेशको श्रीहिरकोटाबाट स्थानीय समय अनुसार २ बजेर ४३ मिनेटमा चन्द्रयान २ नामको रकेट प्रक्षेपण गरेको हो । एक हप्ताअघि नै रकेट पठाउने तयारी गरे पनि अन्तिम समयमा प्राविधिक खराबी आएकाले स्थगित गरिएको थियो । चन्द्रमा पठाइएको रकेटको […]

पाकिस्तानी प्रधानमन्त्री इमरान खान अमेरिका भ्रमणमा

५ साउन, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान तीन दिनका लागि अमेरिका भ्रमणमा गएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको भेटवार्ता मंगलबार हुने छ । अमेरिका भ्रमणमा इमरान खानसँगै पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवा पनि छन् । साउदी राजकुमारले गरेको पहल ट्रम्प-इमरान भेटवार्ताको पहल साउदी अरबका राजकुमार मोहम्मद बिल सलमानले गरेको बताइन्छ […]

काटिएको आफ्नो खुट्टा चुरोटको बट्टामा !

३ साउन, काठमाडौं । चुरोट वा सुर्तीको बट्टामा स्वास्थ्यसम्बन्धी चेतावनीपूर्ण सन्देशयुक्त तस्वीर त हामीले देखेकै छौं । खासगरी चुरोटले फोक्सोमा र सुर्तीले मुखमा क्यान्सर भएको चित्र छापिएको हुन्छ । ताकि धूमपान गर्नेहरुले स्वास्थ्यमा पुर्‍याउने क्षतिबारे जानकारी पाउन् र सेवन नगरुन् । यदि यी सन्देशयुक्त तस्वीर तपाईंकै रहेछ भने ? पक्कै तपाईं आश्चर्यमा पर्नु हुन्छ । […]

पाकिस्तानका पूर्वप्रधानमन्त्री भ्रष्टाचार आरोपमा पक्राउ

३ साउन, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ । अर्का पूर्वराष्ट्रपति असिफ अली जर्दारीलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएको एक हप्तापछि अब्बासीलाई गिरफ्तार गरिएको हो । उनलाई भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने अदालतमा राखिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । वर्तमान् प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती अब्बासी प्रतिपक्षी दलका नेताहरूमध्ये प्रभावशाली नेता मानिन्छन् । […]

एनिमेसन स्टुडियोमा आगजनी, २४ जनाको मृत्यु

२ साउन, टोकियो । जापानको क्योटो शहरमा रहेको एक भवनमा रहेको एनिमेसन स्टुडियोमा बिहीबार भएको संदिग्ध आगजनीमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएका छन् । भीषण आगआगी योजनाबद्ध रुपमा गरिएको प्रहरीको भनाइ छ । आगजनीको समयमा भवनमा कार्यरत धेरै व्यक्तिहरु भाग्न असफल भएकाले मृतकको सङ्ख्या अझ बढ्ने आशङ्का गरिएको अधिकारीहरुले […]

‘फेसएप’बाट गोपनीयतामा प्रश्न, अनुसन्धान गर्न एफबीआईलाई आग्रह

२ साउन, काठमाडौं । अमेरिकी संसद्को माथिल्लो सदनका प्रतिपक्षी दलका नेता चक शुमरले ‘फेसएप’माथि अनुसन्धान गर्न आग्रह गरेका छन् । साविकको तस्वीर सम्पादन गरेर तन्नेरी र वृद्ध बनाइदिने यो एप्सको गोपनीयतालाई लिएर अनेक प्रश्न उठिरहेका बेला शुमरले यसमाथि अनुसन्धान गर्न फेडेरल व्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) र फेडेरल ट्रेड कमिसनसँग आग्रह गरेका हुन् । ट्वीटरमा एक […]

लाहोरबाट पक्राउ परे हाफिज सइद

१ साउन, काठमाडौं । मुम्बई आक्रमणका मास्टरमाइन्ड मानिएका हाफिज सइद पाकिस्तानको लाहोरबाट पक्राउ परेका छन् । उनलाई कोट लखपत जेल पठाइएको छ । उनलाई ३० दिनपछि अदालतमा पेश गरिने पाकिस्तानको आतंक निरोधी विभागले जनाएको छ । सइद मुम्बई आक्रमणका अभिव्यक्त हुन् । उनलाई पाकिस्तान सरकारले चरमपन्तका लागि रकम जम्मा गरेको आरोपमा पक्राउ गरेको बीबीसीले जनाएको […]

अमेरिकी संसदमा राष्ट्रपति ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित

१ साउन, काठमाडौं । अमेरिकाको प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । चार महिला सांसदविरुद्ध कथित नस्लीय टिप्पणी गरेकाले ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरिएको हो । बीबीसीका अनुसार, प्रतिनिधिसभामा दर्ता भएकाे खेद प्रस्ताव २४० मतले पारित भएको हाे । प्रतिनिधिसभामा  १८७ डेमोक्रेटिक सदस्य छन् । यसबाट के बुझिन्छ भने ट्रम्पकै पार्टी रिपब्लिकनका सांसदहरुले […]

ट्रम्पको चेतावनी- कम्युनिस्ट र समाजवाद चाहनेले अमेरिका छाडे हुन्छ

३१ असार, काठमाडौं । समाजवादी र साम्यवादीहरुलाई अमेरिका छाड्न चुनौति दिँदै गरेको ट्वीटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः विवादमा परेका छन् । उनले खुला सिमानाको पक्षमा बोल्ने डेमोक्रेटिक पार्टीप्रति समेत एकसाथ प्रहार गरेका छन् । ट्रम्पले मंगलबार एकसाथ तीन पटक ट्वीट गर्दै अमेरिका कहिल्यै पनि समाजवादी र कम्युनिस्ट हुन नसक्ने बताएका छन् । We will […]

पाकिस्तानले भारतका लागि खोलिदियो हवाई क्षेत्र

३१ असार, काठमाडौं । पाकिस्तानले भारतका लागि हवाई क्षेत्र खुला गरेको छ । पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणले मंगलबारबाट हवाई क्षेत्र खुला गरेको जानकारी दिएको हो । बालाकोट आक्रमणपछि पाकिस्तानले भारतीय विमानका लागि हवाई मार्ग बन्द गरेको थियो । हवाई मार्ग खुला गरेर पाकिस्तानले भारतसँगको सम्बन्धमा मिठास भर्न खोजेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । पाकिस्तानको […]

चीनको आर्थिक वृद्धि दर तीन दशककै न्यून

३१ असार, बेइजिङ । चीनको आर्थिक वृद्धि चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा तीन दशकमै पहिलोपटक सबैभन्दा न्यून दरमा वृद्धि भएको छ । चिनियाँ सरकारी विवरणअनुसार अमेरिका–चीन व्यापार युद्ध तथा विश्वमै मागमा आएको मन्दीका कारण चीनको आर्थिक वृद्धिदर खुम्चिएको हो । चिनियाँ राष्ट्रिय तथ्याँक ब्यूरोका अनुसार दोस्रो चौमासिक अवधिमा कूल गार्हस्थ्य उत्पादन ६.२ प्रतिशत देखिएको छ […]

नवोजोत सिद्धुले मन्त्रीबाट दिए राजीनामा

काठमाडौं । कांग्रेस नेता नवोजोत सिंह सिद्धुले पञ्जाबको मन्त्रिमण्डबाट राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री अमरिन्दर सिंहलाई राजीनामा बुझाएका हुन् । त्यसअघि उनले १० जुनमा कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई पत्र लेखेका थिए । पञ्जाबका मुख्यमन्त्री अमरिन्दर र नवजोत सिद्धुबीच मतभेद भएको खबर आइरहेको थियो । यहाँसम्म कि लोकसभा चुनावमा पञ्जाबमा कांग्रसको प्रदर्शन अपेक्षाअनुसार नभएकोमा अमरिन्दरले […]

युरेनियम उत्पादन बढाउने ईरानको घोषणा

२२ असार, काठमाडौं । ईरानले २०१५ को परमाणु सम्झौता अनुसार तय गरिएको युरोनियम उत्पादन सीमा बढाउने भएको छ । ईरानले परमाणु सम्झौता कायमै होस् भन्न चाहेको तर, युरोपका देशहरु पछाडि हटेको उपविदेशमन्त्री अब्बास अरागचीले बताए । अमेरिकाले २०१८ मा एकतर्फी रुपमा सम्झौता तोडेको घोषणा गरेको थियो । लगतै अमेरिकाले ईरानमाथि थुप्रै प्रतिबन्ध लगाएको छ । […]

अश्लील कल रेकर्ड सार्वजनिक गर्ने महिलालाई ६ वर्ष जेल, ४० लाख जरिवाना

२१ असार, काठमाडौं । आफ्नो मालिकको यौन उत्पीडन प्रमाणित गर्न अश्लील कल रेकर्ड सार्वजनिक गर्ने इन्डोनेसियाकी एक महिलालाई अदालतले ६ वर्ष जेल सजायँ दिएको छ । इन्डोनेसियाको सर्वोच्च अदालतले अश्लील सामग्री सार्वजनिक गरेको भन्दै बाइक नुरिल मकनुनलाई ६ वर्ष जेल सजायँ तोकेको हो । अदालतले पीडित नुरिललाई ५० करोड रुपियाह (झण्डै ४० लाख नेपाली रुपैयाँ) […]

नयाँ बजेटसँगै भारतमा सुन र इन्धनमा लाग्ने कर थपियो, नेपाली बजार प्रभावित हुने

२० असार, काठमाडौं । भारतमा शुक्रबार सार्वजनिक गरिएको नयाँ बजेटले इन्धन र सुनमा थप कर लागाउने नीति लिए पछि यसको असर नेपाली बजारमा पनि पर्ने सक्ने देखिएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले पेश गरेको बजेटमा सुन र कच्चा इन्धनको आयतमा लाग्ने शुल्क वुद्धि गरिएको छ । नयाँ बजेटसँगै भारतमा सुनमा लाग्दै आएको आयात शुल्क […]

अमेरिकाको क्यालिफोर्नियामा दुई दशकयताकै शक्तिशाली भूकम्प

२० असार, काठमाडौं । अमेरिकामा शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्निया राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको हो । दक्षिण क्यालिफोर्नियाको २ दशकयताकै शक्तिशाली मानिएको भूकम्पबाट भौतिक क्षति पुगेको विवरण प्राप्त भए पनि मानवीय क्षतिबारे जानकारी प्राप्त नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पको धक्का नेभादा राज्यको […]

कांग्रेस अध्यक्ष राहुल गान्धीले दिए राजीनामा

१८ असार, काठमाडौं । राहुल गान्धीले कांग्रेस अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले लोकसभा चुनाव २०१९ मा पार्टीले व्यहोरेको हारको जिम्मेवारी आफूले लिने बताएका छन् । राहुलले राजीनामाको घोषणासँगै एक पत्र ट्वीट गरेका छन्, जसमा उनले अरुलाई जवाफदेही बनाउनु अघि आफू पहिले जवाफदेही बन्न जरुरी रहेको बताएका छन् । ‘भविश्यमा पार्टी विस्तारका लागि जवाफदेही […]

ल्याण्डिङ अगाडि नै विमानबाट खसेर मृत्यु

१८ असार, काठमाडाैं । लण्डनमा विमानबाट खसेर एक जनाको मृत्यु भएको छ । उनी लण्डनको रिहायशी इलाकामा बगैंचामा खसेको र उनको मृत्यु भएको बीबीसीले जनाएको छ । मृतक केन्याबाट लण्डन गएको विमानमा ल्याण्डिङ गर्ने ठाउँमा लुकेर यात्रा गरेको अनुमान छ । ल्याण्डिङ गियर भन्नाले चक्का र पार्ट्सको सेट भएको ठाउँ हो, जुन विमान गर्ने क्रमा […]

लिवियामा हवाई आक्रमण, ४० आप्रवासीको मृत्यु

१८ असार, काठमाडौं । लिवियाको आप्रवासी हिरासत केन्द्रमा हवाई आक्रमण हुँदा कम्तीमा ४० जनाको ज्यान गएको छ । राजधानी त्रिपोलीको पूर्वक्षेत्रको आप्रवासी हिरासत केन्द्रमा आक्रमण भएको हो । मारिनेमा अधिकांश अफ्रिकन आप्रवासी छन् । बीबीसीका अनुसार, हवाई आक्रमणमा परी ८० जना घाइते भएका छन् ।  घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको […]