+
+
Shares

पेट्रोलियम पदार्थको मूल्य घटाउन १० करोड ब्यारेल तेल बजारमा ल्याउने आईईएको निर्णय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी–७ राष्ट्रहरूले बजारमा इन्धन आपूर्ति नगरे अमेरिकाबाट डिजेल निर्यातमा प्रतिबन्ध लगाउने चेतावनी दिएपछि आईईएको पछिल्लो निर्णय आएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते २१:२४

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का सदस्य राष्ट्रहरूले इन्धनको बढ्दो मूल्य घटाउने प्रयासस्वरूप तेलको सञ्चित भण्डारबाट थप तेल छिटो बजारमा ल्याउने निर्णयप्रति समर्थन जनाएका छन् । होर्मुज जलमार्ग बन्द भएपछि इन्धनको मूल्य बढ्दैगएको छ ।

आईईएका कार्यकारी निर्देशक फातिह बिरोलका अनुसार सदस्य राष्ट्रका सरकारहरूले यसैवर्षको मार्चमा भएको सामूहिक निर्णय कार्यान्वयनप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन् । उक्त निर्णयअन्तर्गत इरानमाथि अमेरिका–इजरायल युद्धका कारण उत्पन्न आपूर्ति अवरोध सम्बोधन गर्न सदस्य राष्ट्रहरूले आपत्कालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी–७ राष्ट्रहरूले बजारमा इन्धन आपूर्ति नगरे अमेरिकाबाट डिजेल निर्यातमा प्रतिबन्ध लगाउने चेतावनी दिएपछि आईईएको पछिल्लो निर्णय आएको हो । शुक्रबार जी–७ राष्ट्रहरूले १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति गरेका थिए ।

बिरोलले एक वक्तव्य जारी गर्दै हालसम्म उक्त सम्झौताअन्तर्गत करिब ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा ल्याइसकिएको बताए । प्रतिबद्धता जनाइए पनि अहिलेसम्म बजारमा नल्याइएको सम्पूर्ण तेल सञ्चितिमध्ये बाँकी तेल बजारमा ल्याउँदा थप करिब १० करोड ब्यारेल तेल उपलब्ध हुने उनले बताए ।

आईईएका केही सदस्य राष्ट्रहरूले सुरुवातमा प्रतिबद्धता जनाएको भन्दा ठूलो परिमाणमा तेल बजारमा ल्याइसकेको पनि बिरोलले बताए ।

उनका अनुसार आईईए सदस्य राष्ट्रहरूसँग अझै पनि ठूलो मात्रामा सार्वजनिक स्वामित्वमा रहेका आपत्कालीन तेल भण्डार छन् । तीमध्ये करिब १ अर्ब १० करोड ब्यारेल तेल रहेको र २० करोड ब्यारेलभन्दा बढी डिजेल रहेको उनले जानकारी दिए । –अलजजीराबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?