+
+
Shares

भाजपा अध्यक्षको आरोप– राहुल गान्धी घुसपैठियाका पक्षमा लडाइँ लड्दैछन्

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते २१:१०

भारतीय सत्तारुढ पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले विपक्षी नेता राहुल गान्धीमाथि घुसपैठियाहरूका लागि लडाइँ लडिरहेको आरोप लगाएका छन् ।

बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकसभा निर्वाचन क्षेत्र वाराणसीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले राहुल गान्धीमाथि आक्रोश पोखेका हुन् ।

भाजपा अध्यक्षको यो अभिव्यक्ति भारतभर मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै आन्दोलन भइरहेका बेला आएको हो । ज्ञानेश कुमारको राजीनामा मार्ग्दै राहुल गान्धीसहितका विपक्षी दलका नेता लगातार आन्दोलित छन् । उनीहरूलाई लगातार दुई दिन दिल्ली प्रहरीले पक्राउ गरेर राति छाडेको छ ।

उता ककरोच जनता पार्टीले पनि मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै आन्दोलन गर्दै आएको छ ।

‘आज दिल्लीमा केही असामाजिक तत्वलाई लिएर जसरी अराजकता फैलाउने काम भइरहेको छ,’ भाजपा अध्यक्ष नवीनले भने, ‘म विपक्षी दलका नेता(राहुल गान्धी)लाई भन्न चाहन्छु– जुन घुसपैठियालाई अधिकार दिलाउने कुरा तपाईं गरिरहनुभएको छ, उनीहरूलाई भारतका जनताले कहिल्यै अधिकार प्राप्त गर्न दिने छैनन् ।’

उनले ‘तपाईं कसको चिन्ता गरिरहनुभएको छ र कसका लागि लडिरहनुभएको छ ?’ भन्दै राहुललाई प्रश्न गरेका छन् ।

‘यदि एसआईआरका कारण घुसपैठियाका नाम मतदाता सूचीबाट हटाइन्छन् र त्यसकै आधारमा तपाईं देशको लोकतन्त्रमाथि प्रश्न उठाइरहनुभएको छ भने कतै न कतै प्रश्न तपाईंमाथि पनि उठ्छ,’ उनले भने ।

नितिन नवीनले अगाडि भने, ‘म भन्नसक्छु, यो अराजकतावादी मानसिकता र सोचलाई भारतका जनताले कडा जवाफ दिनेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?