+
+
Shares

भारतमा प्रदर्शन, जन्तरमन्तरबाट ७०० भन्दा बढी गिरफ्तार

भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु भएको प्रदर्शनका क्रममा प्रहरीले ७०० जना भन्दा बढीलाई गिरफ्तार गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १७:१८

१६ असोज, काठमाडौं । भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु भएको प्रदर्शनका क्रममा प्रहरीले ७०० जना भन्दा बढीलाई गिरफ्तार गरेको छ ।

दिल्लीस्थित जन्तरमन्तरबाट मात्रै ७०० भन्दा बढी गिरफ्तार भएको समाचारहरूमा उल्लेख छ ।

ज्ञानेश कुमारको राजीनामा माग्दै ककरोच जनता पार्टी(सीजेपी)ले आजबाट आन्दोलन सुरु गरेको छ । यसअघि अन्य स्थापित विपक्षी दलहरूले पनि आन्दोलन गरिरहेका थिए ।

गिरफ्तार गरिएका विद्यार्थीबाहेक केही विपक्षी नेताहरू समेत सामेल छन् ।

बीबीसी हिन्दीको समाचारअनुसार आम आदमी पार्टीकी नेता एवं दिल्लीकी पूर्वमुख्यमन्त्री आतिशी, पूर्वमन्त्री सौरभ भारद्वाजलगायत नेता गिरफ्तार भएका छन् ।

दिल्लीस्थित जन्तरमन्तरबाट राष्ट्रिय जनता दलका सांसद मनोज झालाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।

उता भारतीय कम्युनिस्ट नेता एमए बेबी पनि गिरफ्तार भएका छन् ।

तस्वीरहरू : एपी/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?