भारतको ककरोच जनता पार्टी (सीजेपी) ले भोलि दिल्लीको जन्तरमन्तरमा आन्दोलन गर्ने आह्वान गरेको छ ।
पार्टीका सहसंयोजक आशुतोष रांकाले आफूहरूले भोलिबाट सुरु हुने आन्दोलनबाट इतिहास रच्ने बताएका छन् ।
आशुतोष रांकाले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘प्रिय ककरोचहरू ! हामी सबैले अहिलेसम्म तय गरेको लामो यात्राप्रति मलाई गर्व छ । भोलि जे भए पनि हामी इतिहास अवश्य रच्नेछौँ ।’
उनले हातमा संविधान र हृदयमा गान्धी राखेर आन्दोलनमा आउन आह्वान गरेका छन् । ‘जे भए पनि हामी हात उठाउने छैनौँ,’ उनले भनेका छन् ।
यस्तै, सीजेपीका संस्थापक अभिजित दीपकेले भोलि आफू पक्राउ परेपनि पार्टीले आफ्ना मागमा अडिग रहनुपर्ने बताएका छन् ।
उनले एक्समा लेखेका छन्, ‘यदि भोलि मलाई पक्राउसमेत गरियो भने पनि हामी आफ्ना मागमा अडिग रहनुपर्छ । हामी देशको लोकतन्त्र बचाउन लडिरहेका छौँ । तपाईंहरू सबै शान्तिपूर्ण रूपमा भोलिको प्रदर्शनमा सहभागी हुनुहोस् ।’
उता दिल्ली प्रहरीले सीजेपीलाई जन्तरमन्तरमा प्रदर्शन गर्न अनुमति दिएको छैन ।
सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै भोलिबाट दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया 4